Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सुरक्षासँगै कोरोना नियन्त्रणमा 'मकवानपुर प्रहरी'

20210503090642_IMG_0418-1621309866.JPG

सुनिल शिवाकोटी 

४ जेठ, हेटौंडा । नेपाल प्रहरीको प्रमुख दायित्व भनेको शान्ति सुरक्षा कायम गर्नु हो । अहिलेको कोरोना महामारी नियन्त्रणमा पनि प्रहरीले आफुलाई अग्रभागमा उभ्याएको छ । मकवानपुरमा ६ सय प्रहरी कोरोना नियन्त्रणको अभियानमा परिचालन गरिएको छ । विशेष गरी नगर क्षेत्रमा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर र प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल, वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट,इन्स्पेक्टर अविनाश अधिकारी,राजकुमार सापकोटा सहितको टोली परिचालित छ । 

बाक्लो जनघनत्व र प्रदेशको राजधानी हेटौंडामा निषेधाज्ञालाई कडाईका साथ परिचालन गराउन अहिले हेटौंडाका चोकचोकमा प्रहरी परिचालित देखिन्छ।त्यस्तै, ईलाका प्रहरी कार्यालय पशुपतिनगर, भिमफेदी, पालुङ, मनहरी, ठिंगन, फापरवारी, मकवानपुरगढीसहित जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी इकाईले कोरोनाविरुद्धको अभियानमा समुदायसंग मिलेर काम गरिरहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । ‘समुदायसंग मिलेर आफ्नो माथिल्लो निकायले दिएको निर्देशन अनुसार नेपाल प्रहरी मकवानपुरमा परिचालित भएको छ ।’–उनले भने–‘समुदायको अप्ठ्यारोमा सहजिकरण गर्दै कोरोना नियन्त्रण अभियानमा मकवानपुर प्रहरी सक्रिय छ ।’

प्रहरीले कोरोना नियन्त्रणका लागि तोकिएको समय भन्दा बाहेकको समयमा खुलेका बजार बन्द गराउने, विभिन्न नाकामा सवारी चेकजाँच, घरमै कोरोना संक्रमितको मृत्यु हुँदा शव व्यवस्थापन, प्रशासनको निर्णय कार्यान्वयनका लागि नियमित अनुगमन,मास्क नलगाएकालाई कडिकडाउ गर्ने र जनचेतना फैलाउने कार्यमा विभिन्न संघ संस्थासँग सहकार्य,अनावश्यक हिँडडुलमा कडाई, सवारी पासको दुरुपयोग नियन्त्रण जस्ता क्षेत्रमा काम गरिरहेको रिमालले बताए ।

डिएपसी रिमालले निषेधाज्ञा अगावै    बजार तथा  सार्वजनिक यातायातमा मास्क नलगाई हिडेका १० हजार ५०५ जनालाई मास्क वितरण गरेको,५२ वटा कोरोना सम्बन्धी जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको र ५ हजार ८२१ जना मास्क नलगाई हिडेकालाई मास्क दिएर सम्झाई बुझाई गरेको तथा सम्झाउदा र सुचना जारी गर्दा समेत अटेर गरी मास्क नलगाउने ५२८ जनालाई कार्वाही गरेको बताए। 

उनले निषेधाज्ञा लागु भएपछि  निषेधाज्ञालाई उल्लंघन गर्ने ६५ जना मानिसलाई सम्झाई बुझाई गरि छाडिएको र निषेधाज्ञामा तोकेको समय भन्दा बाहेक पसल खोल्ने र निषेधाज्ञा उल्लंघन गर्ने ३२ जना मानिसलाई आवश्यक कार्वाही गरेको,त्यसैगरी निषेधाज्ञा उल्लंघन गरी चलाएका २ हजार ३५९ सवारीलाई सम्झाई बुझाई गरी छाडेको र २ सय ६१ सवारीलाई कार्वाही गरेको बताए।  

यो वाहेक नियमित घटना दुर्घटना, दैविक प्रकोपमा उद्धार जस्ता काममा पनि उत्तिकै चनाखो रहेको उनको भनाई छ ।कोरोना नियन्त्रणको अभियानमा आफ्ना केही सुरक्षाकर्मी समेत कोरोना संक्रमित भएपनि मकवानपुरमा चुस्त ढंगले प्रहरी परिचालनको काम भएको उनको दावी छ । 

अभियानका क्रममा मकवानपुर प्रहरीले समुदायका मानिसलाई अनावश्यक हिडडुल नगर्न, हिड्नै परे सुरक्षा मापदण्ड अपनाएर हिडन सबैलाई अनुरोध गरेको बताउदै  कमजोरी पाईए प्रहरीलाई सुझाव दिन समेत उनले आग्रह गरेका छन् ।

20210515082141_IMG_0579-1621309866.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार