Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सर्वोच्चले प्रधानमन्त्रीको शपथ सम्बन्धी रिटमा अन्तरिम आदेश दिएन 

5e9e35ab35ca0_5e466c6b1e0-1621343191.jpg

४ जेठ, हेटौंडा । सर्वोच्च अदालतले प्रधानमन्त्रीको शपथ विवाद र सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउने सरकारको निर्णयमाथि परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । तर निवेदनलाई भने अग्राधिकार दिन आदेश दिएको छ ।
केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्रीको शपथग्रहण गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शपथको व्यहोराअनुसार शपथ लिएका थिएनन् । उनले राष्ट्रपतिले भनेको शब्द उच्चारण गर्न नमानी त्यो पर्दैनु भनेका थिए ।
प्रधानमन्त्रीको उक्त क्रियाकलापले संविधानको उल्लंघन भएको, राष्ट्रपति र राष्ट्रपति संस्थाको मर्यादामाथि आँच पुगेको भन्दै सर्वोच्च अदालतमा सोमबार ४ रिट निवेदन परेका थिए ।
जसमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको थियो ।
त्यस्तै सांसद नरहेका सात मन्त्रीलाई पदमुक्त गर्नुपर्ने पनि रिट निवेदनमा माग गरिएको थियो । गैरसांसदका रूपमा एकपटक मात्रै मन्त्री हुन पाउने भए पनि प्रधानमन्त्री ओलीले सात जना गैर सांसदलाई मन्त्री बनाएको भन्दै उनीहरूलाई पदमुक्त गर्नुपर्ने मागसहित रिट परेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउँने तयारी
Mantriparishad-Baithak-1713789651.jpg

१० बैशाख, हेटौंडा । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय...

थप समाचार