Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा अस्पताललाई अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सहयोग

Screenshot_20210521-13042-1621581613.jpg

७ जेठ,हेटौंडा। मकवानपुरको हेटौंडामा रहेको हेटौंडा अस्पताललाई मकवानपुर उद्योग वाणिज्य संघले अक्सिजन सिलिन्डर तथा हेटौंडा खानेपानी बोर्डले स्वास्थ्य सामाग्री सहयोग गरेको छ।  

मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण अग्रवालले खरिद गरेको ८५ थान सिलिण्डर मध्ये ५९ थान अक्सिजन सिलिन्डर हेटौंडा अस्पताललाई प्रदान गरिएको हो ।

शुक्रबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई सिलिण्डर हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष कृष्ण कुमार गुप्ता (अग्रवाल), पदाधिकारीहरु,संघका सल्लाहकार नेपाली कांग्रेस कोभिड १९ अनुगमन समितिका संयोजक उत्सव इटेनी, पुरानो नारायणी संघ, निर्माण व्यवसायी संघ, औषधी व्यावसायी संघका प्रतिनिधिहरु, उपभोक्ता अधिकारकर्मी उपस्थिती रहेको थियो ।

त्यसैगरी हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। बोर्डले आफ्नो वार्षिक उत्सबका अवसरमा अस्पताललाई स्वास्थ्य सामाग्रि सहयोग गरेको छ । बोर्डले ७०थान पीपीइ सेट, ५० लिटर सेनिटाइजर, २ हजार थान मास्क सहयाेग गरेकाे हो । खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट र सदस्य कृष्ण कटुवालले अस्पतालका अध्यक्ष प्रसाईलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार