८ जेठ, हेटौंडा । हेटौंडा-६ का रुपक ढकालले हेटौंडा ६ नम्बर वडाको संयोजनमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि बनेको कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदल हेटौंडा ६ र १७ लाई ५ हजार ५ रुपैयाँ सहयोग गरे ।
समुदायमा कोरोना फैलन नदिन सचेतना फैलाउने उद्देश्यका साथ निर्माण भएको कार्यदलमा सहयोगी हातहरु दिनप्रतिदिन थपिँदै गएका छन् । व्यवसायको हिसाबले दैनिक ज्याला मजदुरी गर्दै प्लम्बिङको काम गर्दै आएका ढकाल सहित उद्योगी व्यवसायी एवम् सामाजिक व्यक्तित्वहरुको सहयोग गर्ने क्रम जारी रहेको छ ।
मैले दैनिक ज्यालादारी गरेर आफ्नो परिवार धानिरहेको छु, ढकालले भने,‘कोरोना भाईरस जो कोहीलाई पनि लाग्न सक्छ । मेरो परिवारलाई कोरोनाको संक्रमण भएको खण्डमा मेरो आम्दानीले उपचार गर्न समेत पुग्दैन । त्यसैले कार्यदललाई सहयोग गरेको हुँ ।’ आफ्नो आम्दानीले परिवारलाई संक्रमणबाट जोगाउन नसक्दा वडामा बनेको कार्यदलबाट सहयोग पाउने आशामा आफूले सहयोग गरेको उनले बताए ।
कार्यदलले हेटौंडा ६ र १७ मा कोरोना संक्रमित हरुलाई दैनिक रुपमा भेटघाट गर्नुका साथै परामर्शको काम समेत गर्दै आएको छ । हेटौंडा ६ र १७ लाई मुख्य कार्यक्षेत्र बनाएको कार्यदलले आवश्यकताको आधारमा छिमेकी वडाहरुका साथै मकवानपुर गढी गाउँपालिकाका विभिन्न वडाहरुमा पनि सहयोग गरिरहेको कार्यदलका सहसंयोजक भरत सापकोटाले जानकारी दिए । कार्यदलले मकवानपुर गढी गाउँपालिका वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीलाई ३ थान अक्सिजन समेत सहयोग गरेको छ ।
कार्यदलले हेटौंडा ६ र १७ का विभिन्न स्थानमा हात धुने पानी टंकी राख्ने समेत निर्णय गरेको छ । हेटौंडा ६ को जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको भवन अगाडी, ६ नम्बर वडा कार्यालयमा, रानी सामुदायिक वन उपभोक्ता समूहको भवन अगाडी, चुच्चेखोला चोक, हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था अगाडी र हेटौंडा १७ गैरीगाउँमा लक्ष्मीनारायण मन्दिरको अगाडी हात धुनका लागि पानी ट्यांकी राख्ने निर्णय भएको सहसंयोजक सापकोटाले जानकारी दिए।
कार्यदलले आर्थिक पारदर्शिताका लागि दैनिक रुपमा सामाजिक सञ्जालमा आयव्ययको विवरण राख्ने गरेको र साप्ताहिक रुपमा बैठकमा आयव्ययको पारदर्शिताको काम गरिरहेको आर्थिक समितिका सहसंयोजक देवराज गौतमले जानकारी दिए । सहयोगी दाताहरुकै कारण कार्यदलले यो काम गर्न सम्भव भएको र आगामी दिनमा पनि अझै प्रभावकारी रुपमा कार्यदलले काम गर्दै जाने संयोजक एवं ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले जानकारी दिए ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












