Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

एट्लेटिकोले जित्यो ला लिगाको उपाधि

20210523_000347-1621707772.jpg

९ जेठ, हेटौंडा । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।
शनिबार राति सम्पन्न भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो ।
भालाडोलिडको मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक एक गोल गरे । भालाडोलिड ओस्कार प्लानोले एक गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता भने भालाडोलिडले बनाएको थियो । ओस्कारले खेलको १८ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५७ औं मिनेटमा कोरेयाले र ६७ औं मिनेटमा सुआरेजले एक एक गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।
यस जितसँगै एट्लेटिकोले ३८ खेलमा ८६ अंक जोड्यो । रियल मड्रिडलाई २ अंकले पछि पार्दै एट्लेटिकोले उपाधि जितेको हो । दोस्रो स्थानको रियलले ८४ अंक जोड्यो ।
भालाडोलिड भने रेलिगेसनमा परेको छ । भालाडोलिडले ३८ खेलमा ३१ अंक जोड्यो ।
एट्लेटिकोले ७ वर्षपछि ला लिगाको उपाधि जितेको हो । पछिल्लो पटक एट्लेटिकोले सन् २०१४ मा उपाधि जितेको थियो । एट्लेटिकोको यो ११ औं ला लिगा उपाधि हो ।

20210522_235959-1621707774.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सन्दीप लामिछानेको मुद्धाको पेशी आज
9CuXAh9PNVbr11VdDwBmTyhM5-1715654219.jpg

१ जेठ, हेटौंडा । बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्धाको पेशी आजका लागि तोकिएको छ ।...

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज
1641373260_1615078427_san-1715653709.jpg

१ जेठ, हेटौंडा । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ...

हावाहुरीसहित हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715653208.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत...

विना विभागीय मन्त्री आले ४३ दिनदेखि जिम्मेवारी बिहिन
IMG-20240402-WA0000-1715649743.jpg

सुनिल शिवाकोटी १ जेठ, हेटौंडा । बागमती प्रदेश सदस्य रमा आले मगर मन्त्री बनेको ४३ दिन भयो तर उनी अझै जिम्मेवारी...

क्याम्पाडाँडाको संरचना खाली गर्न मंगलबार बिहान सम्मको समय
FB_IMG_1715528824954-1715612753.jpg

३१ बैशाख,हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना सोमबार भत्काइने जानकारी दिएको ...

जसपाबाट सरकारमा सहभागी मन्त्रीले लिए शपथ
Screenshot_20240513_20135-1715610541.jpg

३१ बैशाख, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा (जनता समाजवादी पार्टी) नेपालबाट फुटेर बनेको जसपाबाट सरकारमा...

कांग्रेसको मनहरी र हेटौंडामा अगुवा कार्यकर्ता भेला
Screenshot_20240513_20020-1715609846.jpg

३१ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडा र हेटौंडा १९ बस्तिपुरमा सोमबार अगुवा कार्यकर्ता...

माग सम्बोधन नभए कांग्रेसले नीति तथा कार्यक्रम ल्याउन नदिने
congress.jpg-16-1715600834.jpg

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा आफ्नो माग अनुसारको संसदीय छानबिन समिति नबनेसम्म नीति तथा...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat-kumar-karki-768x46-1715599966.jpg

३१ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा...

थप समाचार