Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

घिमिरे र राउतको सहयोगमा विपन्न परिवारलाइ कार्यदलद्वारा खाद्यान्न वितरण

Screenshot_20210524-20272-1621867348.jpg

१० जेठ, हेटौंडा । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हेटौडा ६ र १७ को पहलमा गठन भएको कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदलले विपन्न परिवारलाइ खाद्यान्न सहयोग गरेको छ । कार्यदलले हेटौडा ६ को रामनगर र हात्तिलेट क्षेत्रका १७ घरधुरीलाई आवश्यक खाद्यान्न सहयोग गरेको हो ।  
दैनिक ज्यालादारीमा काम गर्ने, बिहान बेलुकाको छाक टार्न मजदुरी नगरी नहुने परिवार छनोट गरेर राहतस्वरुप खाद्यान्न सहयोग गरिएको कार्यदलका सहसंयोजक भरत सापकोटाले जानकारी दिए । 'हामीले बास्तविकता पहिचान गरेर राहत वितरण गरेका हौ'-सापकोटाले भने-'परिवार सख्या र आवश्यकताको आधारमा खाद्यान्न सहयोग गरेका छौ ।' 
कार्यदलले १७ परिवारलाई १५ किलो चामल, ५ केजी आटा, एक केजी दाल, एक प्याकेट तेल, नुन सहित माक्स, सेनिटाइजर र मल्टिभिटामिन सहयोग गरेको छ ।  कोरोनाको अवधिभर खाद्यान्न अभाव भएका घरपरिवारलाइ खाद्यान्नको व्यवस्थापन गरिने कार्यदलका संयोजक एवम् ६ नम्वर वडा अध्यक्ष अर्जुन चौलागाइले जानकारी दिए ।  
खाद्यान्न वितरण कार्यक्रममा आर्थिक एवम् राहत उपसमितिका संयोजक नवराज न्यौपाने, सदस्यहरु पवन दुलाल, स्वास्थ्य उपसमितिका सहसंयोजक कल्पना पराजुली लगायत कार्यदलका सदस्यहरु भीमसेन पौडेल, आशिष चौलागाई, सुपेन्द्र खनाल, लक्ष्मण पौडेलको उपस्थिति रहेको थियो ।
खाद्यान्न सहयोगका लागि मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेन्द्र राउत र उद्योग तर्फको उपाध्यक्ष पदका उम्मेदवार रविन्द्र घिमिरेले सहयोग गरेका हुन् । उपाध्यक्षका उमेद्वार घिमिरेले कार्यदलका लागि १५ थान अक्सिजन सिलिण्डर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । घिमिरेको प्रतिबद्धता अनुसार ३ वटा अक्सिजन सिलिण्डर ल्याईसकिएको र १२ वटा ल्याउन बाँकी रहेको कार्यदलका सहसंयोजक सापकोटाले जानकारी दिए ।
कार्यदलका लागि दैनिक देश तथा विदेशबाट र वडाका स्थानीयहरुबाट आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको आर्थिक एवम् राहत उपसमितिका संयोजक नवराज न्यौपानेले जानकारी दिए ।

Screenshot_20210524-20273-1621867369.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार