भीमसेन पौडेल
१२,जेठ, हेटौडा । नेपाल सहित मकवानपुरमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई स्थानीय क्षेत्रबाट नै नियन्त्रण गर्न हेटौंडा -६र १७ मा गठन भएको कोभिड–१९ सामुदायिक रेन्सपोन्स कार्यदललाई सहयोग गर्ने सहयोगी हातहरूको संख्यामा वृद्धि हुदै गएका छन। यसै क्रममा बुधवार कार्यदललाई हेटौडा–६ हात्तीलेट र रामनगरका स्थानीयहरुलाई आर्थिक सहयोग गरेका छन ।
युवा परिचालन तथा स्वयसेवक उपसमितिका लक्ष्मण पौडेल, आशिष चौलागाँई, सुपेन्द्र खनाल, धनेन्द्र विष्ट र एलिस सञ्जेलको टोलीले संकलन गरेको ६८ हजार १ सय २८ रुपैयाँ कार्यदलका संयोजक एवम हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाँईलाई हस्तान्तरण गरिएको छ । यसैगरि हेटौडा–६ हातीलेट निवासी पुष्पराज पराजुलीले कार्यदललाई एक बोरा चामल उपलव्ध गराएका छन ।कार्यदलले वडा नं. ६,७, र १७ का संक्रमितको घरघरमा पुगी स्वास्थ्य सल्लाह र स्वास्थ्य सामाग्री प्रदान गर्नुको साथै अक्सिजन सहयोग र कोरानाका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न समेत वितरण गर्दै आएको कार्यदलका सहसंयोजक भरत सापकोटाले बताए ।
कार्यदलले मकवानपुरगढी स्वास्थ्य चौकी, शिखरकटेरीलाई ३ थान अक्सिजन, स्वास्थ्य सामाग्री र मकवानपुरगढी गाउँपालिकाद्वारा वडा नं. ३ मक्रान्चुलीमा सञ्चालित आईसोलेसन वार्डलाई पनि स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
हाल सम्म करिव ४ लाख १० हजार संकलन भएको र सहयोगीहातहरुबाट रकम आउने क्रम जारी रहेको आर्थिक तथा राहत संकलन उपसमितिका सहसंयोजक देवराज गौतमले बताएका छन। त्यसैगरी अभियानमा विदेशमा रहेका व्यक्तिहरुबाट समेत सहयोग भैरहेको कार्यदलका सदस्य उदय विडारीले बताए । रकम हस्तान्तरण कार्यक्रममा कार्यदलका सदस्य पवन दुलाल, सरिता मिश्र, सुन्दर आचार्य र स्थानीयहरुको उपस्थिति रहेको थियो ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












