Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा निषेधाज्ञा जेठ २० सम्म, आजबाट थप कढाई गरिँदै

Screenshot_20210501-18354-1622171140.jpg

१४ जेठ, हेटौंडा । कोरोना संक्रमण दर बढ्दै गएपछि सुरु गरिएको निषेधाज्ञा आज शुक्रबारबाट थप कढाईका साथ लागू हुने जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ । 
यसअघि बिहीबारसम्म रहेको निषेधाज्ञा तेस्रो पटक थप कढाई सहित राति १२ बजेदेखी लागू हुने गरी जेठ २० गते सम्म लम्ब्याइएको छ । गएको मंगलबार बसेको डिसिसिएमसीको बैठकले जारी निषेधाज्ञा एक साता लम्ब्याउँदै जेठ २० गतेसम्म पु¥याएको हो । 
कोरोना संक्रमण बढ्दै गएपछि यसबर्ष पहिलोपटक बैशाख १९ गतेबाट बैशाख ३१ गतेसम्म मकवानपुरको ४ स्थानीय तहमा निषेधाज्ञा लगाइएको थियो । 
निषेधाज्ञाको समयमा औषधि उपचार र खाद्य वस्तु तोकिएको समयमा खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जान बाहेक बिना काम घर बाहिर निस्कन, मर्निङ तथा इभनिङ वाकमा जान र हिँड्डुल गर्न मनाही गरिएको छ ।
अति आवस्यक उपभोग्य वस्तुहरु खाद्यन्न, पानी, दूध, माछा मासु, अण्डा, फलफुल तथा तरकारी जस्ता सामाग्री विक्री वितरण गर्ने पसलहरु विहान ५ बजेदेखि विहान ८ बजेसम्म मात्र खोल्न पाईने र औषधि पसल, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
निषेधाज्ञा अवधिभर प्रशसन कार्यलयले हेटौंडा बजार क्षेत्रभित्र औषधि पसल, अक्सिजन सिलिण्डर, कृषी बीउबीजन तथ मल विक्री वितरण गर्ने पसल र भेटनरी बाहेक सबै पसल तथा व्यवसायहरु पूर्णरुपमा बन्द रहने जनाएको छ ।
 

Screenshot_20210525-18241-1622171142.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार