- ✍️ उत्सब चौलागाईं
ऊ योद्धा हो
मानव सभ्यता जोगाउन हिडेको छ
दिनदिनै हिडेको छ
रातरातै हिडेको छ ।
ऊसँग कुनै धारिलो हतियार छैन
तर आत्मविश्वास छ ।
उसलाई कहिल्यै अँध्यारो हुँदैन ।
ऊ तपाईंको दुखाइमा दु:खी छ
ऊ तपाईंको रुवाइमा रोएको छ
ऊ तपाईंमा खुसी फर्काउन चाहन्छ ।
जन्म र मृत्यु अकाट्य छ
ऊ मृत्युको कल्पना गर्दैन
ऊ निरासावादी हैन
ऊ आशा जगाउँछ ।
ऊ सम्मान कुरी बस्दैन
ऊ आत्मा प्रशंसा गर्दैन
ऊ खुरुखुरु काम गर्छ
उसले जात हेर्दैन
थर हेर्दैन
लिङ्ग हेर्दैन
देश हेर्दैन
ऊसँग उच्च समवेदना छ ।
चाप्लुसशास्त्र उसको विषय हैन
नमस्कार उसको अनिवार्य भोक हैन
शुद्ध गाईको घिउको अपेक्षा राख्दैन
तर अपमानले उसलाई पनि दुख्छ ।
ऊ हाम्रो जीवनको सुरक्षा कवज हो
ऊ योद्धा हो
ऊ सैनिक हो
अर्थात ऊ चिकित्सक हो ।
प्रियजन
हाम्रो जीवनको अपरिहार्य उसलाई
माया चाहिएको छ
प्रेरणा चाहिएको छ
हौसला चाहिएको छ ।
ऊ कुनै हली हैन ।
प्रियजन
एकपटक उसको
अभाव महसुस गर्नोस् त ?
ऊ योद्धा हो
ऊ स्वास्थ्यकर्मी हो
तर कुनै अपराधी हैन ।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















