१ भदौं, हेटौडा । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बीरबहादुर बलायरले संविधान संशोधनमा नेकपा एमाले बाधक बनेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस मकवानपुरले विहिबार हेटौँडामा गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री बलायरले सरकार संविधान संशोधनका लागि प्रतिवद्ध रहे पनि यसमा एमाले बाधक बनेको बताए । विगतमा सरकारमा जानका लागि संविधान संशोधनमाथि सहमति जनाएको एमालेले अहिले यसको विरोध गर्नु इमान्दारिता नहुने उनको भनाई छ । संविधान संशोधन कुनै दल विशेषको मात्रै मुद्धा नभई यो मधेशको मुद्धा भएकाले संशोधनप्रति कांग्रेस प्रतिवद्ध रहेको उनको भनाई थियो ।
संविधान जारी गर्दा मधेशका केही मुद्धा सम्बोधन गर्न छुटेको स्विकार्दै उनले यसलाई संशोधनमार्फत संविधानमा समावेश गर्नु जरुरी रहेको धारणा राखे । कांग्रेस नेता समेत रहेका बलायरले मधेशका माग सम्बोधन गर्दै राजपालाई निर्वाचनमा सहभागी हुने वातावरण नेपाली कांग्रेसले तयार गरिरहेको बताए । उनले आगामी माघ ७ गतेभित्र संसद र प्रदेशको चुनाव गर्न कांग्रेस प्रतिवद्ध रहेको भन्दै यसको नेतृत्व कांग्रेस सभापति समेत रहनु भएका प्र्रधानमन्त्री शेरबहादुर देउवाले गरेको दावि गरे ।
कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, निवर्तमान सभापति रघुरमण न्यौपाने, पार्टी सचिव बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपी विश्वकर्मासहित जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यकर्ताहरुले सरकारमा रहेर पार्टीले गरिरहेका र गर्नुपर्ने कामबारे मन्त्री बलायरसंग जिज्ञासा राखेका थिए ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




