Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडामा निषेधाज्ञा उल्लंघन गर्ने एक दर्जन बढी पसलेलाई जरीवाना

CollageMaker_20210530_164-1622372561.jpg

१६ जेठ,हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी निषेधाज्ञाको उलंघन गरी पसल खोल्ने १६ जना पसलेलाई जारीवाना गरि छाडिएको छ। 

जारी निषेधाज्ञाको उलंघन गरी  पसल खोल्ने १६ जनालाई मकवानपुरका प्रजिअ र प्रहरी उपरीक्षक सहितको प्रहरी टोलीले  शनिबार र आइतबार बिहान नगरको विभिन्न स्थानमाबाट नियन्त्रणमा लिएको थियो।नियन्त्रणमा लिएका १६ जनालाई मकवानपुर प्रहरीले संक्रमण रोग ऐन अन्तर्गत मुद्दा चलाएको थियो। 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा-४ मा रहेको सिता किराना पसलका सञ्चालक, हेटौंडा-४ पशुपति मन्दिर चोकमा रहेको २ वटा तरकारी तथा फलफूल पसलका सञ्चालक,हेटौंडा-८ सडुन कोलोनिमा रहेको खाजाघरका सञ्चालक,हेटौंडा-५ पिप्लेमा रहेको चाउचाउ तथा बिस्कुट डिपोका सञ्चालक,हेटौंडा-२ कान्तिलोकपथमा रहेको रिजाल सिसा पसलका सञ्चालक,हेटौंडा-५ सानोपोखरा चोकमा रहेको ३ वटा मासु पसलका सञ्चालक,हेटौंडा-४ फरेष्टी क्याम्पसको गेट अगाडि रहेको मासु पसलका सञ्चालक,हेटौंडा-५ पिप्लेमा रहेको किराना पसलका सञ्चालक,हेटौंडा-५ पिप्लेमा रहेको टेलर्सका सञ्चालक,हेटौंडा-४ पारिजातपथमा रहेको मसला उद्योग र पसलका सञ्चालक,हेटौंडा-७ शान्तिटोलमा रहेको किराना पसलका सञ्चालक,हेटौंडा-५ सानोपोखरामा रहेको खाजा घरका सञ्चालक,हेटौंडा-४ थाहा चोकमा रहेको मासु पसलका सञ्चालक गरी १६ जना पसलेलाई  जनही २ हजार देखी ५ सम्म जरिवाना सहित कार्वाही गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।  

यस बिषयमा बुझदा मकवानपुरका प्रजिअ भरतमणी पाण्डेले निषेधाज्ञाको बारेमा सुचना गराउदा समेत अटेर गरेर पसल सञ्चालन गरी भिडभाड कायम गरेकोले नियन्त्रणमा लिई संक्रमण रोग ऐन २०२० बमोजिम जरिवान सहित कार्वाही गरिएको जानकारी दिएका छन।  

"म सहित प्रहरी उपरीक्षक तथा प्रहरी टोलीले अनुगमनका क्रममा हेटौंडाको विभिन्न स्थानबाट अटेर गरी पसल खोलेको अवस्थामा १६ जनालाई नियन्त्रणमा लिएर कार्वाही गरेका हौं,एक पटकलाई जरिवान तिराएका छौ,फेरी पनि अटेरगरी पसल खोले जेल हाल्छौं-प्रजिअ पाण्डेले भने। 

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले हेटौंडा सहित मकवानपुरका निषेधाज्ञा उल्लंघन बढेको भन्दै कडिकडाउ गरेको छ।हेटौंडा बजारको चार किल्ला बाहिर बिहान ३ घण्टा खाद्यान्न,डेरी पसल खोल्न दिइएपनि हेटौंडा बजारमा औषधि पसल,अक्सिजन डिपो र मल तथा बिउ बिजन पसल मात्र खोल्न दिइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार