Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-६ कोभिड रेस्पोन्स टिमको सकृयता,प्रहरीलाई मास्क संक्रमितलाई पौष्टिक आहार

Screenshot_20210530-21411-1622390352.jpg

१६ जेठ,हेटौंडा। कोभिड न्यूनिकरण र संक्रमितको सहयात्री बन्न सफल हेटौंडा-६ मा रहेको कोभिड रेस्पोन्स टिमले आफ्नो सकृयतालाई निरन्तर दिदै आज पनि स्वास्थ्य सामाग्री र पौष्टिक आहार वितरण गरेको छ। 

रेस्पोन्स टिमले हेटौंडा-६ मा रहेको  प्रहरी चौकी चौघडालाई स्वास्थ्य सामाग्री,कोरोना संक्रमितलाई पौष्टिक खानेकुरा,अक्सिजन सिलिन्डर र खाद्य साम्रागी वितरण गरेको छ। रेस्पोन्स टिमले चौघडामा रहेको प्रहरी चौकीलाई १५ थान फेस सिल्ड ,१५ थान सेनिटाइजर सहयोग गरेको छ। त्यसैगरी रेस्पोन्स टिमले नियमित झै आजपनि हेटौंडा-६ र १७ मा कोरोना पुष्टि भई होम आइसोलेशन रहेको बिरामीलाई परामर्श प्रदान गर्नुका साथै पौष्टिक खानेकुरा,मास्क,सेनिटाइजर वितरण गरेको छ। 

त्यस्तै टिमले कोरोनाको उपचार गराइरहेका २ जना कोरोना संक्रमितलाई अक्सिजन सहितको सिलिन्डर प्रदान गरेको रेस्पोन्स टिमका सदस्य उदय विडारीले बताए।यता हेटौंडा-६ निवासी पुष्पराज पराजुलीले सहयोग गरेको १ क्विन्टल चामल र हेटौंडा-६ मा निर्माणाधीन सिद्धस्थली सामुदायिक अस्पतालले दिएको भिटामिन तथा रेस्पोन्स टिमलाई सहयोगि हातहरूले सहयोग गरेको स्वास्थ सामाग्री,खाद्यान्न हेल्प डेस्कमा संकलन गरिएको रेस्पोन्स टिमका सदस्य पुर्ण भद्र चौलागाईंले जानकारी दिएका छन। 

खाद्यान्न,पौष्टिक खानेकुरा हस्तान्तरण तथा परामर्श कार्यक्रममा हेटौंडा ६ का  वडासदस्य राजकुमार बास्ताेला, टिमका सह-संयोजक भरत सापकोटा,राहत तथा आर्थिक उपसमितिका सहसंयाेजक देवराज गाैतम,कार्यदलका सदस्य पवन दुलाल, सुन्दर आचार्य, भीमसेन पाैडेल,केशब धिताल,सबिना दुलाल लगायतको सहभागिता रहेको थियो।

Screenshot_20210530-21412-1622390354.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार