Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गोली लागेर एकको मृत्यु, ४ जना पक्राउ

goli-chalaiyo-1622718046.jpg

२० जेठ, मोरङ । मोरङको केराबारी गाँउपालिकामा जंगलमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । 
शिकार खेल्ने क्रममा बैशाख ८ गते ३२ वर्षीय हस्तकुमार राईको गोली लागि मृत्यु भएको थियो । हत्या घटनामा संलग्न भएको आरोपमा ४ जना हतियारसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गाँउपालिकास्थित बाँसघारी खोप सहकारी राष्ट्रिय वनमा गाउँपालिका ३ का स्थानीय राईसँगै शिकार खेल्न जाने क्रममा २६ वर्षीय रुविन लिम्बु, ३७ वर्षीय गजेन्द्रबहादुर राईसहित १० जनाको समूह रहेको प्रहरीले जनाएको छ।
रुविन र गजेन्द्रलाई घटना भएको भोलिपल्ट बैशाख ९ गते नै प्रहरीले पक्राउ गरेपनि अन्य भने फरार रहेका थिए। फरार रहेकामध्ये प्रहरीले केराबारी गाँउपालिका ३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धविर लिम्बु, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका १ का १९ वर्षीय विपन लिम्बुलाई प्रहरीले जेष्ठ १९ गते बुधबार पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट शिकार खेल्दा प्रयोग गरिएको चार थान भरुवा बन्दुकसमेत बरामद गरेको छ।मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार चारजनालई पक्राउ गरेसँगै उनीहरुले बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा सखुवाको रुखको चेपबाट २ वटा, सो क्षेत्रमा ढुंगामाथि पातले छोपेको अवस्थामा एउटा र बाँकी एउटा बन्दुक भने लेटाङ नगरपालिकामा पर्ने जङ्गलको ओडारमा लुकाइ राखेको अवस्थामा गरी ४ थान भरुवा बन्दुक फेला परेको हो।
बैशाख ८ गते शिकार खेल्दै गर्दा राती करिब ९ बजे गजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकको गोली हस्तलाई लागेको अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरीले जनाएको छ।
राईले प्रहार गरेको गोली हस्तको कुममा हुँदै शरीरमा लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो। पक्राउ परेका उपर प्रहरीले ज्यान सम्बन्धी र हातहतियार खरखजाना कसुरमा अनुसन्धान अघि बढाएको छ । (देशसंचारबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार