Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

निषेधाज्ञा उल्लङ्घन गर्ने हेटौंडाका व्यवसायी हिरालाललाई १० हजार जरिवाना

IMG_20210604_094254-1622815751.jpg

२१ जेठ,हेटौंडा। हेटौंडाको  मुख्य बजार स्कुल रोडमा निषेधाज्ञा उल्लङ्घन गरी प्रहरी र प्रशासनका अनुगमनको  वेवास्ता गरी मिनि मार्केट संचालन गरेको अवस्थामा पक्राउ परेका  हेटौंडा-४ स्कुल रोडमा रहेको घर संसार मिनि मार्केट संचालक हिरालाल केशरीलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले जरिवाना तिराएको छ।उनलाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश-२०७८ को दफा २१ को उपदफा १(क) बमोजिम कारवाही १० हजार जरिवाना गरिएको मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले बताएका छन्।

जिल्ला प्रशासन कार्यालय नेतृत्वको बजार अनुगमन टोलीलाई अटेर गरेपछि उनलाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेको टोलीले मिनि मार्केट नखोल्नु र किराना पसलमा भिडभाड नगरी व्यवसाय गर्न दिएको निर्देशनलाई वेवास्ता गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। 

त्यसैगरी निषेधाज्ञा उल्लङ्घन गरी तोकिएको भन्दा बाहेकको पसल खुल्ने हेटौडा-२ कान्तिराजपथबाट एक हाडवेयर  पसले र हेटौडा-१ का कपडा पसलेलाई जिल्ला प्रशासन कार्यालयले २ हजार र ५ हजार जरिवाना गरेको छ।उनीहरूलाई पसल खोलेर सामान बेचेको अवस्थामा वडा प्रहरी कार्यालय हेटौडाको प्रहरी टोलीले पक्राउ गरेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार