Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कोभिड-१९ सामुदायिक रेसपोन्स कार्यदलद्वारा आयव्यय विवरण सार्वजनिक

FB_IMG_1623151244599-1623151199.jpg

२५ जेठ, हेटौंडा । कोरोना भाईरसलाई नियन्त्रण गर्न हेटौडा ६ र १७ मा गठन भएको कोभिड-१९ सामुदायिक रेस्पोन्स कार्यदलले आय व्यय विवरण सार्वजनिक 
गरेको छ । मंगलवार हेटौडा–६ शान्तिटोलमा एक कार्यक्रमको आयोजना गरि कार्यदलले आय व्यय विवरण सार्वजनिक गरेको हो । 
कार्यदलले विभिन्न व्यक्तिहरुबाट प्राप्त भएको ४ लाख ४० हजार ७८४ र स्वास्थ्य सामाग्री खरिद र राहत वितरणमा १ लाख ९७ हजार ८६६ खर्च भै हाल कोषमा २ लाख ४२ हजार ९१८ रुपैयाँ रहेको राहत तथा आर्थिक उपसमितिका सहसंयोजक देवराज गौतमले बताए । 
यसैगरी विभिन्न व्यक्तिहरुबाट २७ हजार ५५० कवोल गरेको समेत सो अवसरमा जानकारी गराइएको थियो । 
बैठकले कार्यदललाई आर्थिक तथा जिन्सी सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ । कार्यदलले हेटौडा–६,७ ,१५,१७ र मकवानपुरगढी गाउँपालिका सम्म पुगी कोरोना संक्रमितहरुलाई स्वास्थ्य सल्लाह, स्वास्थ्य सामाग्री, अक्सिजन वितरण, वडाको विभिन्न स्थानहरुमा हात धुने टंकी राख्ने काम, रक्तदान र कोरोनाका कारण संकटमा परेका व्यक्तिहरुलाई 
खाद्यान्न समेत वितरण गर्दै आएको छ । 
बैठकले कार्यदलका सूचना तथा संचार संयोजक रुपेश दुलालको पुजनीय पिता बेद प्रसाद दुलालको असमायिक निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत व्यक्त गरेको छ । 
हेटौडा–६ का वडा अध्यक्ष एवम कार्यदलका संयोजक अर्जुन प्रसाद चौलागाईको अध्यक्षतामा बसेको बैठकमा सहसंयोजक भरत सापकोटा, राहत तथा आर्थिक उपसमितिका संयोजक नवराज न्यौपाने, कार्यदलका सदस्य उदय विडारी, पवन दुलाल, निलाम्वर सापकोटा, केशव धिताल , विजय पौडेल, सुन्दरराज आचार्य, पूर्णभद्र चौलागाई लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार