Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कांग्रेस नेताद्वयको पहलमा गाउँपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

20210609_133753-1623225208.jpg

२६ जेठ, हेटौंडा । हिमाल मुटु अस्पताल काठमाडौंले मकवानपुरको पश्चिमी क्षेत्रस्थित विकट राक्सीराङ गाउँपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको विशेष पहलमा हिमाल मुटु अस्पतालले राक्सीराङ गाउँपालिकालाई उक्त ५ थान कन्सन्ट्रेटर बुधबार उपलब्ध गराएको हो ।
हिमाल मुटुको सहयोगमा हेटौंडा उपमहानगरपालिका ६ मा निर्माणाधिन सिद्धस्थली रुलर कम्युनिटि अस्पतालको प्राङगणमा उक्त कन्सन्ट्रेटर नेताद्वय डिना र बानियाँले संयुक्तरुपमा राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरेका छन् ।
हेटौंडा ६ का वडा अध्यक्ष अर्जुन चौलागाईको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, हिमाल मुट अस्पतालकी अध्यक्ष गोमा गौतम, डाक्टर अमन गौतम, सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाई, सचिव दीपक तिवारी, कांग्रेसका महाधिबेशन प्रतिनिधि ईश्वर पण्डित, महिला संघ जिल्ला सचिव निलम देवकोटा, दिव्यतारा बहुउद्देश्यीय सहकारीका व्यवस्थापक रमेश कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा राक्सीराङ गाउँपालिका अध्यक्ष मल्लले अक्सिजन कन्सन्ट्रेटर बुझ्दै मकवानपुरको विकट राक्सीराङमा गरिव तामाङ र लोपोन्मुख चेपाङ, प्रजाको बसोबास रहेको गाउँपालिका भएकाले कोरोना महामारीमा धेरै नै राहात पुग्ने बताउँदै सहयोग गर्ने हिमाल मुटु र पहल गरिदिने नेताद्वयलाई विशेष आभार प्रकट गरे ।

20210609_133739-1623225209.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार