Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कोभिड हेल्प डेस्क मकवानपुरद्वारा जेष्ठ नागरिक आश्रयस्थलहरुलाई सहयोग

194638020_555362505454909-1623288766.jpg

२७ जेठ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा स्थापित कोभिड हेल्प डेस्क मकवानपुरले बुधबार जेष्ठ नागरिक आश्रयस्थललाई  सहयोग गरेको छ । 
हेटौंडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतन, जेष्ठ नागरिक आश्रयस्थललाई खाद्य सामग्री सहयोग गरिएको हो । आश्रयस्थलकै आग्रह अनुरुप  चना, दाल, तेल, स्याऊ, चाउचाउ र विस्कुट सहयोग गरिएको हो ।
यस्तै हेटौंडा–१७, गैरीगाउंmस्थित श्रीमद्भागवत ज्ञानसंचार वृद्धाश्रममा पनि खाद्य सामग्रीहरु वितरण गरिएको थियो । वृद्धाश्रमकै आग्रह अनुसार चना, स्याऊ, साबुन र सर्फ वितरण गरिएको थियो । मउवासंघका महासचिव प्रमोद सिंह रानाभाटको संयोजकत्वमा खाद्य समग्री वितरण गरिएको हो । 
खाद्य सामग्री वितरण कार्यक्रममा कोभिड हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, सदस्यहरु ज्ञानेन्द्र कार्की, शंकरलाल श्रेष्ठ, मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, सचिव सन्तोष कुमार अर्याल, उपभोक्ता हित संरक्षण मञ्चका अजय अधिकारी, मउवासंघका भुपे्रन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो । 
बुधबार हेल्प डेस्कबाट चार सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–१, मेनरोडका एकजना, हेटौंडा–६, गौरीटारका एकजना र हेटौंडा–१५, रातोमाटेका एकजना गरी जम्मा तीनजना बिरामीलाई चार सिलिण्डर अक्सिजन निःशुल्क सहयोग गरिएको हो । 
बुधबार साँझ सम्ममा पल्पसा आइसोलेशन सेन्टरमा ११ जना संक्रमित भर्ना भएको संयोजक कटुवालले जानकार दिए । जसमध्ये ७ जना महिला र ४ जना पुरुष रहेका छन् । 
 

197754776_495310241800495-1623288767.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार