३० जेठ, हेटौंडा। मकवानपुरकोउत्तरी क्षेत्र थाहा नगर र इन्द्रसरोबर गाउँपालिकाका सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीहरुको लागि नेपाल पत्रकार महासंघ मकवानपुरले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको नेतृत्वमा शनिबार पुगेको टोलीले मास्क, सेनिटाइजर, फेस शिल्ड, ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।थाहानगरमा रहेको रेडियो दामन, रेडियो पालुङ, बाइरोड न्यूज अनलाईन, थाहा टाइम्स अनलाईन, विकास खबर पत्रिका, थाहा पाटी अनलाईन र रेडियो इन्द्रसरोवरमा कार्यरत सञ्चारकर्मीलाई कार्यस्थलमै भेटेर करिब एक हजार २ सय थान मास्क, सय थान सेनिटाइजर र ग्लोब्स सहयोग गरिएको हो । कोरोना भाइरसको महामारीकाबीच पनि समाचार संप्रेषणमा खटिएका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा अपनाएर काम गर्न आग्रह गर्दै स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरिएको महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए ।
मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रमोदसिं रानाभाटसमेतको सहयोग र सहभागितामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । सामाग्री ग्रहण गर्दै थाहा नगरपालिकाका सञ्चारकर्मीहरुले आफूहरुको अवस्था बुझ्दै कार्यस्थलमै आई स्वास्थ्य सामाग्री प्रदान गरिएको भन्दै आभार व्यक्त गरेका थिए । महासंघको सहयोगले आफूहरुलाई निरन्तर काममा खटिनको लागि हौसला प्राप्त भएको उनीहरुको भनाइ थियो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रमोदसिं रानाभाट, नेपाल पत्रकार महासंघ मकवानपुरका सहसचिव एमपी शर्मा, कोषाध्यक्ष केशव समर्पणको सहभागिता रहेको थियो ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












