७ असार, हेटौंडा । मकवानपुरमा बैशाख १९ गतेबाट जारी निषेधाज्ञा कोरोना नियन्त्रण तथा रोकथामका लागी भन्दै पुनः एकसाताका लागी थप गरिएको छ । कोरानको संक्रमणको चेन ब्रेक गर्न भन्दै जारी गरिएको निषेधाज्ञ यसपटक भने केही खुकुलो पार्दै असार १४ गते राति १२ बजेसम्मका लागी कायम गरिएको छ ।
निषेधाज्ञा एक हप्ताका लागी थप गरिएको भएपनि जिल्लामा कोरोना संक्रमणको दर क्रमश घट्दै गएकोेले निषेधाज्ञाको स्वरुप परिवर्तन गरिएको जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रशासनले जारी गरेको सूचनामा निषेधाज्ञाको समया अनुमति प्राप्त व्यापार व्यवयसाय सञ्चालन गर्दा स्वास्थय मापदण्डका नियमहरुलाई कडाईका साथ पालना गर्न निर्देशन दिइएको छ । कुनैपनि स्थानमा भिडभाड गर्न गराउँन नपाईने, अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने र भौतिक दुरी कायम गर्ने जनाइएको छ ।
निषेधाज्ञाको समयमा पनि औषधी पसल, कृषि बीउबीजन तथा मल विक्री वितरण गर्ने पसल र भेटनरी, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्नुपर्ने अघिल्लो नियमलाई यसपटकपनि यथाबत छ ।
यस्तै अतिआवश्यक उपभोग्य वस्तुहरु खाद्यन्न, पानी, दूध, माछामासु, अण्डा, फलफुल तथा तरकारीका पसल विहान ४ः०० बजेदेखि विहान १०ः०० बजेसम्म मात्र खोल्न पाइने छ । तर, हेटौडा उपमहानगरपालिकाको खोपेगल्लीमा रहेका सम्पूर्ण पसल र बसपार्कमा रहेका खुद्रा तरकारी तथा माछामासु बजार पूर्णरूपमा बन्द रहने छन् ।
यसैगरी पुस्तक तथा स्टेसनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, हार्डवेयर, भाँडा, कपडा, टेलर, जुत्ताचप्पल पसल ,सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् विक्रीवितरण गर्ने पसल दिनको १२ः०० बजेदेखि दिनको ४ः०० बजेसम्म मात्र सञ्चालन हुने गरी खोल्न पाइने भएको छ ।
यस्तै रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट टेकअवे र होमडेलिभरी हुने गरी मात्र दिनको १ः०० बजेदेखि दिनको ४ः०० बजेसम्म खोल्न पाइने उल्लखे गरिएको छ ।
आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक हप्ता निषेधाज्ञा थपिएको गर्दे मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म मोवाईल, कम्प्युटर, स्टेशनरी खुला गरिएकोमा,भाँडाकुडाँ, फर्निचर र कपडा पसल ४ घण्टा खुला गर्न अनुमति दिएको हो ।
त्यसैगरी निजी सवारी साधनका साथै अटो मयुरी जोर बिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिएको मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले जानकारी दिएका छन् ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












