Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार महासंघमा आचार्य निर्वाचित

Govinda-Acharya-1503369584.jpg

६ भदौं, हेटौँडा । काठमाण्डौंमा भएको नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य प्यानलसहित विजयी भएका छन् ।  पदाधिकारीमा उनी प्यानलसहित विजयी भएपनि प्रदेशमा भने मिश्रित परिणाम आएको हो । 

प्रेस युनियन र प्रेस सेन्टरसहित पत्रकारका साना संगठनका उम्मेदवार आचार्यले प्रेस चौतारीसहितका पत्रकार संगठनका उम्मेदवार तीर्थ कोइरालालाई १ सय पाँच मतले पराजित गरेका छन् । मंगलबार विहान आएको मत परिणाम अनुसार आचार्यले ७ सय ३२ र कोइरालाले ६ सय २७ मत प्राप्त गरेका छन् । अन्य तिन उम्मेदवार भने निकै कम मत ल्याएका छन् । उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत प्राप्त गरेका छ ।

खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भए भने महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भएका छ ।लेखा समिति संयोजकमा रोशन पुरी र सदस्यहरुमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भए । 

प्रदेशमा १ नम्बरमा सटेन्द्र जबेगु (प्रेस चौतारी), उद्धव तिमिल्सिना (प्रेस युनियन), प्रदेश नम्बर २ मा देवराम यादव (प्रेस सेन्टर), शैलेन्द्र झा (प्रेस युनियन) प्रदेश नम्बर ३मा चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी, प्रदेश नम्बर ४ मा रामकृष्ण ज्ञवाली (प्रेस चौतारी), नवीन कुइँकेल (प्रेस सेन्टर), प्रदेश नम्बर ५ मा बसन्त गिरी (प्रेस सेन्टर), पुरुषोत्तम सुवेदी (प्रेस युनियन) प्रदेश नम्बर ६ मा कलेन्द्र सेजवाल (प्रेस युनियन), पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर), प्रदेश नम्बर ७ मीन बम (प्रेस युनियन) विजयी भएका छन् भने उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को बराबर ४५–४५ मत आएको छ ।

काठमाडौं उपत्यकामा लेखनाथ न्यौपाने (प्रेस सेन्टर), गोबिन्द चौलागाईं (प्रेस चौतारी), प्रतिष्ठान तर्फ टिकाराम प्रधान (प्रेस सेन्टर), यम बिरही (प्रेस युनियन) खुला केन्द्रीय सदस्यहरुको मतगणना जारी छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार