Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा केहि खुकुलो 

lock-nisedh-scaled-1624332361.jpg

८ असार, हेटौंडा । काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो पारिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको अस्ति बसेको संयुक्त बैठकले आजदेखि एक साता निषेधाज्ञा थप गर्ने तर केही खुकुलो बनाउने निर्णय गरेको थियो । 
नयाँ निर्णयअनुसार यही १४ गतेसम्म हुने यस निषेधाज्ञामा सवारीसाधनमा जोर÷बिजोर प्रणाली लागु गरिएको छ भने  बारअनुसार पसल खोल्नका लागि निश्चित समय दिइएको छ । 
मोटरसाइकल, ट्याक्सी पनि जोर–बिजोरका आधारमा आजदेखि चलेका छन् भने सार्वजनिक सवारी साधन चल्न दिइएको छैन । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको निर्णयअनुसार आजदेखि आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न पाइनेछ । 
सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकूद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न पाइने भएको छ भने खाद्यान्न, दूध, किताब पसल लगायतका बिहान ११ बजेसम्म मात्र खोल्न दिइनेछ ।  
निर्माण सामग्रीका पसलहरू भने बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ । शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार सरकारी कार्यालय भने आलो–पालो गरी खोल्नुपर्नेछ ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार