Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कमल थापालाई झड्का, के गर्लान् उनले ?

KT-Pashupati-1503371640.jpg

६ भदौं, काठमाण्डौं । सनाखतका लागि केन्द्रीय सदस्यलाई रोक्ने उद्देश्यले ३ दिन हेटौँडामा केन्द्रीय सदस्य राखेर बैठक गरेका राप्रपा अध्यक्ष कमल थापालाई झड्का लागेको छ ।
भदौं ४ गते निर्वाचन आयोगले राप्रपा प्रजातान्त्रिक गठनका लागि सनाखत गर्ने समय घर्काउँदै केन्द्रीय कार्यसमिति बैठक राखेका थापा सनाखतका लागि थापा नगएपछि केही उत्साहित थिए । ‘४० पुग्दै नपुग्ने निश्चित छ, तर रित विपरितको निवेदन आयोगले दर्ता ग¥यो’–आइतबार अपरान्ह हेटौँडामा केन्द्रीय कार्यसमिति बैठकपछिको पत्रकार सम्मलनमा भन्दै थिए । तर मनमा आशंका भने छदैं थियो, उनले थपे–‘तर अदालतले के गर्छ थाहा छैन, यहाँ जे पनि हुनसक्छ ।’ उनको आशंका अनुसार नै सर्वोच्च अदालतले आदेश गरेपछि भने उनलाई झड्का लाग्यो ।
अदालतले सोमबार राप्रपा प्रजातान्त्रिकको माग बमोजिम पुनः निर्वाचन अयोगमा केन्द्रीय सदस्य तथा सांसदको हस्ताक्षर सनाखत गराउन नपर्ने आदेश दिएको छ । निर्वाचन आयोगले पुनः हस्ताक्षर सनाखत गराउन बोलाएपछि असन्तुष्टि जनाउँदै  राणाले शुक्रबार सर्वोच्च अदालत मुद्दा दायर गरेका थिए । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले राणाको माग बमोजिम पुनः निर्वाचन आयोगमा सांसद तथा केन्द्रीय सदस्यको सनाखत नगराउन आदेश दिएको थियो । 
राणाले गत साउन २२ गते निर्वाचन आयोगका ५६ केन्द्रीय सदस्यसहित ६४ जनाको हस्ताक्षर बुझाएको तर आयोगले पुनः सबै केन्द्रीय सदस्य र सांसदको  सनाखत गर्न बोलाएपछि उनी बाँकी संख्याको मात्रै सनाखत गराइनुपर्ने माग गर्दै  शुक्रबार अदालत पुगेका थिए । अब उनले सनाखत गर्न बाँकीको मात्रै सनाखत गरे पुग्ने भएको छ ।
आदेशबारे कमल थापा नेतृत्वको राप्रपाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । कुनै पनि राजनीतिक घटनाको प्रतिक्रिया ट्विटरमार्फत दिने थापाले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएका हुन् । उनले नेता राजेन्द्र लिंदेलको ट्विट भने रिट्विट गरेका छन् । लिंदेलले ट्विटमा भनिएको छ ‘न्यायको अन्तिम आधार सर्वोच्च पैसा र विदेशी प्रभावमा चल्यो,न्याय मरयो भने ढिलो चांडो देशले विद्रोह व्यहोर्न पर्ने हुन्छ ।’ अब के गर्लान थापाले भन्ने चासो सर्वत्र छ । 
राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले फैसलाबारे अध्ययन भइरहेको भन्दै अहिले कुनै प्रतिक्रिया नदिने बताए । केन्द्रीय सदस्य हेटौँडामा बैठक डाकेपछि राणा पक्षले आफ्नो पक्षका केन्द्रीय सदस्य अपहरण गरेको समेत आरोप लगाएको थियो । थापाले भने यसलाई हास्यास्पद भनका थिए ।  अदालतको निर्णय पछि राप्रपा र राप्रपा प्रजातान्त्रिकको दुबै रणनीति के हुन्छ भन्ने चासो बढेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार