Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बकैया गाउँपालिका

बकैया गाउँपालिकाको ०७८/०७९ को बजेट ६२ करोड ८३ लाख

B1-1624531545.jpg

१० असार, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७८/०७९ को बजेट ६२ करोड ८३ लाख ७८ हजार रुपैंयाको बजेट प्रस्तुत गरेको छ । 
गाउँपालिका अध्यक्ष दामोदर खनालको सभाध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सरला बोलखेले ६२ करोड ८३ लाख ७८ हजार रुपैंयाको बजेट प्रस्तुत गरेकी हुन् । 
बजेटमध्ये नेपाल सरकारबाट प्राप्त समानिकरण अनुदान तथा राजस्व बाँडफाँड, बागमती प्रदेश सरकारबाट प्राप्त समानिकरण अनुदान तथा राजस्व बाँडफाँड, आन्तरिक आय र चालु आर्थिक बर्षको मौज्दात समेत गरी ३३ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैंया मध्ये संचालन खर्चतर्फ ७ करोड र विकास बजेटतर्फ २६ करोड  ७७ लाख ९९ हजार ७ सय १९ रुपैंया विनियोजन गरिएको छ ।
नेपाल सरकारबाट सशर्त अनुदानतर्फ प्राप्त २७ करोड ३८ लाख तथा बागमती प्रदेश सरकारबाट सशर्त अनुदानतर्फ प्राप्त १ करोड ६७ लाख ७९ हजार गरी २९ करोड ५ लाख ७९ हजार रकमलाई सम्बन्धित तहबाट खर्च गरिने जनाईएको छ । त्यस्तै बागमती प्रदेशसरकारबाट प्राप्त २ करोड ९७ लाख ६४ हजार  समपुरक अनुदानलाई प्रदेश सरकारसंगको सहकार्यमा योजना संचालन गरिने जनाईएको छ ।
प्रदेशबाट प्राप्त वित्तीय समानिकरण तथा राजस्व बाँडफाँड बार्षिक अनुमानित राजस्व आय र गतबर्षको मौज्दात गरी करिब २१ प्रतिशत हुन आउँछ भने विकास बजेटतर्फ ७९ प्रतिशत विनियोजन गरिएको छ । गाउँपालिकालाई वित्तीय समानिकरण अनुदानतर्फ १२ करोड ६२ लाख, सशर्त अनुदानतर्फ २७ करोड ३८ लाख, राजस्व बाँडफाँडतर्फ ११ करोड ३० लाख १२ हजार गरी ५१ करोड ३० लाख १२ हजार रुपैंया प्राप्त भएको जनाईएको छ ।

यो पनि पढ्नुस्
यस्तो छ बकैया गाउँपालिकाको प्राथमिकता

त्यस्तै, बागमती प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदानतर्फ १ करोड ६ लाख १० हजार, सशर्त अनुदानतर्फ १ करोड ६७ लाख ७९ हजार, राजस्व बाँडफाँडतर्फ ३ करोड ११ लाख ५३ हजार ७ सय १८ रुपैंया, समपुरकतर्फ २ करोड ७९ लाख ६४ हजार गरी ८ करोड ८३ लाख ६ हजार ७ सय १८ रुपैंया प्राप्त भएको जनाईएको छ । गाउँपालिकाका सभामा प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पुडासैनी, गाउँपालिकाका अध्यक्ष र गाउँपरिषद सदस्य लगायतको सहभागिता रहेको थियो ।

यस्तो छ बजेट बाँडफाँड

B1-1624533626.jpg
B2-1624533628.jpg
B3-1624533628.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार