१० असार, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७८/०७९ को बजेट ६२ करोड ८३ लाख ७८ हजार रुपैंयाको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिका अध्यक्ष दामोदर खनालको सभाध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सरला बोलखेले ६२ करोड ८३ लाख ७८ हजार रुपैंयाको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमध्ये नेपाल सरकारबाट प्राप्त समानिकरण अनुदान तथा राजस्व बाँडफाँड, बागमती प्रदेश सरकारबाट प्राप्त समानिकरण अनुदान तथा राजस्व बाँडफाँड, आन्तरिक आय र चालु आर्थिक बर्षको मौज्दात समेत गरी ३३ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैंया मध्ये संचालन खर्चतर्फ ७ करोड र विकास बजेटतर्फ २६ करोड ७७ लाख ९९ हजार ७ सय १९ रुपैंया विनियोजन गरिएको छ ।
नेपाल सरकारबाट सशर्त अनुदानतर्फ प्राप्त २७ करोड ३८ लाख तथा बागमती प्रदेश सरकारबाट सशर्त अनुदानतर्फ प्राप्त १ करोड ६७ लाख ७९ हजार गरी २९ करोड ५ लाख ७९ हजार रकमलाई सम्बन्धित तहबाट खर्च गरिने जनाईएको छ । त्यस्तै बागमती प्रदेशसरकारबाट प्राप्त २ करोड ९७ लाख ६४ हजार समपुरक अनुदानलाई प्रदेश सरकारसंगको सहकार्यमा योजना संचालन गरिने जनाईएको छ ।
प्रदेशबाट प्राप्त वित्तीय समानिकरण तथा राजस्व बाँडफाँड बार्षिक अनुमानित राजस्व आय र गतबर्षको मौज्दात गरी करिब २१ प्रतिशत हुन आउँछ भने विकास बजेटतर्फ ७९ प्रतिशत विनियोजन गरिएको छ । गाउँपालिकालाई वित्तीय समानिकरण अनुदानतर्फ १२ करोड ६२ लाख, सशर्त अनुदानतर्फ २७ करोड ३८ लाख, राजस्व बाँडफाँडतर्फ ११ करोड ३० लाख १२ हजार गरी ५१ करोड ३० लाख १२ हजार रुपैंया प्राप्त भएको जनाईएको छ ।
यो पनि पढ्नुस्
यस्तो छ बकैया गाउँपालिकाको प्राथमिकता
त्यस्तै, बागमती प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदानतर्फ १ करोड ६ लाख १० हजार, सशर्त अनुदानतर्फ १ करोड ६७ लाख ७९ हजार, राजस्व बाँडफाँडतर्फ ३ करोड ११ लाख ५३ हजार ७ सय १८ रुपैंया, समपुरकतर्फ २ करोड ७९ लाख ६४ हजार गरी ८ करोड ८३ लाख ६ हजार ७ सय १८ रुपैंया प्राप्त भएको जनाईएको छ । गाउँपालिकाका सभामा प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पुडासैनी, गाउँपालिकाका अध्यक्ष र गाउँपरिषद सदस्य लगायतको सहभागिता रहेको थियो ।
यस्तो छ बजेट बाँडफाँड
१७ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।...
१७ जेठ, इटहरी । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी(जसपा) बाहिरिएको छ । जसपाले बुधबार कोशी सरकारकी...
१७ जेठ , हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा...
१७ जेठ ,हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले...
१७ जेठ , हेटौँडा । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, पूर्वराज्यमन्त्री मीना...
१७ जेठ,मनहरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मा ट्रकको ठक्करबाट साइकलयात्रीको...
१७ जेठ, हेटौंडा । हेटौंडा ४ स्थित हुप्रचौरमा रहेको भलिबल कोर्टमासुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा...
१७ जेठ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम एकदिवसीय विश्वकप छनोटको तयारीका लागि मंगलबार राति दक्षिण...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
५ जेठ, हेटौंडा । मकवानपुरको बागमती गाउंपालिका-८ फापरवारीमा रहेको जनता माविमा जूनियर रेडक्रस सर्कल(जुरेस) गठन...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
५ जेठ, हेटौंडा । जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको शनिवार तेस्रो *साधारणसभा सम्पन्न भएको छ। जिल्ला समन्वय...
१२ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको टोल विकास संस्था परिचालन तथा क्षमता...
१६ जेठ, काठमाडौं । मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी-२० सिरिज...
१३ जेठ, हेटौंडा । भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी खेलको पुरुष तर्फको उपाधि...