Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा अस्पतालमा आजबाट डायलासिस सेवा सुरु

206085388_535454230945003-1624855387.jpg

१४ असार, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालमा आजबाट डायलासिस सेवा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग र हेटौंडा अस्पतालको प्राविधिक व्यवस्थापनमा सुरु भएको डायलाइसिस केन्द्रको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घान गरेका छन् ।
बागमती प्रदेशको राजधानी मकवानपुरमा रहेको हेटौंडा अस्पतालमा क्रमशः सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा सुरु गरेको हो । यसअघि हेटौंडाको चुरेहिल अस्पतालले मात्रै डायलासिस सेवा दिँदै आएको थियो । 
हेटौंडा अस्पतालमा यो सेवा नहुँदा मृगौलाका बिरामीहरु काठमाडौं, चितवनलगायतका शहरमा पुगेर डायलासिस गर्न बाध्य रहेका थिए । हेटौंडा अस्पतालले तत्कालका लागि दैनिक ११ जना मृर्गौलाका बिरामीहरुलाई सेवा दिइने अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाइँले जानकारी दिए । अस्पतालमा ५ वटा डायलासिस मेसिन जडान गरिएको छ । 
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विष्णुराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, प्रतिष्ठानका रजिस्ट्रार एवं अस्पतालका अध्यक्ष राजेश प्रसाईं, प्रतिष्ठानका संयोजक चिरञ्जीवी चुडाल, अस्पतालका निमित्त मेसु रामचन्द्र सापकोटा लगाएतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार