Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बागमती प्रदेशमा बढ्यो सवारी कर

20210319_131944-1626594013.jpg

३ साउन,हेटौंडा  । बागमती प्रदेशमा सवारी करमा वृद्धि भएको छ।बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सवारी कर,दर्ता, नवीकरण र इजाजत  दस्तुरमा वृद्धि गरेको हो । 

प्रदेश सरकारले साना क्षमताका विद्युतीय सवारी सहित पेट्रोलियम पदार्थबाट चल्ने सबै करमा वृद्धि गरेको हो । सरकारले क्षमताका आधारमा न्युनतम ५ सय देखी अधिकतम ५ हजार रुपैयाँसम्म बढाएको छ । सरकारले भाडाका तेल ट्याङ्कर, ग्यास बुलेटको कर चार हजार रुपैयाँले वृद्धि गर्दै २२ हजार रुपैयाँ पु¥याइएको छ ।

कर दस्तुर बढेसँगै अब १००० सीसी क्षमताकै एघार हजार रुपैयाँ बुझाउनुपर्ने भएको छ।भाडाका मिनी बस।ट्रकको कर एक हजार पाँच सय रुपैयाँले वृद्धि गरिएको छ भने ठूला बस/ट्रकको कर २ हजार रुपैयाँले वृद्धि गर्दै २० हजार रुपैयाँ पु¥याइएको छ । त्यसैगरी  थ्री ह्वीलर टेम्पो, ट्याक्टरको नविकरण दस्तुरमा पनि ५ सय रुपौयाँले कर वृद्धि गरिएको छ ।

बागमती प्रदेश सरकारले मोटरसाइकल तथा स्कुटरको करको दस्तुर पनि बढाएको छ । १२५ सीसीसम्मका मोटरसाइकलको करमा दुइसयले वृद्धि गर्दै ३ हजार रुपैयाँ पुर्याइएको छ भने एक सय २६ देखि १५० सीसीसम्मका मोटरसाइकल।स्कुटरको कर पाँच सयले वृद्धि गर्दै पाँच हजार पुर्याइएको छ। त्यसैगरी १५० देखि २२५ सीसीसम्मका मोटरसाइकलको कर पनि पाँच सय रुपैयाँ र ४ सय सीसीसम्मका मोटरसाइकलको कर २ हजार रुपैयाँले बढाइएको छ । ६५० सीसीसम्मको मोटरसाइकलको कर २० हजारमै यथावत राखिएको छ भने ६५० सीसीभन्दा माथिका मोटरसाइकलको कर पनि ३० हजार रुपैयाँमै यथावत राखिएको हो ।त्यस्तै निजी सवारीहरुको कर पनि वृद्धि गरिएको छ ।अधिकतम ५८ हजार पाँच सय रुपैयाँ कर तिर्दै आएका निजी जीप, कार भ्यान खरिदकर्ताले साउन १ गतेबाट ६५ हजार रुपैयाँ कर बुझाउनुपर्नेछ । एक हजार सीसीसम्मका जीप कार भ्यानको कर २१ हजारबाट एक हजार रुपैयाँ वृद्धि गरिएको छ । एक हजार पाँच सय सीसीसम्मका जीप कारको कर २३ हजार पाँच सय तिर्दै आइएकोमा २५ हजार पु¥याइएको छ ।साउन १ गतेदेखि लागू भएको बागमती प्रदेशको आर्थिक ऐनअनुसार निजी मिनी ट्रक र मिनी बसको कर २ हजार पाँच सय रुपैयाँले वृद्धि भएको छ । नयाँ दरअनुसार अब निजी मिनी ट्रक र बस खरिदमा २७ हजार रुपैयाँ कर लाग्नेछ । ठूला निजी ट्रक र बसको कर पनि २ हजार रुपैयाँले वृद्धि गरी ३५ हजार रुपैयाँ पु¥याइएको छ ।निजी एक्साभेटर, डोजर लोडर, क्रेनको कर पनि एक हजार पाँच सयले वृद्धि गरिएको छ ।ट्रिपरको कर ३९ हजार तोकिएको छ भने मिनी ट्रिपरको कर २७ हजार पाँच सयबाट वृद्धि गरी ३० हजार रुपैयाँ पु¥याइएको छ ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी विस्थापित गरेर प्रदेसभर विद्युतीय सवारी चलाउने निति लिएको बागमती प्रदेश सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सबैखाले सवारीको नविकरण तथा कर दस्तुरमा अधिकतम वृद्धि गरेको हो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार