Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भोलि मकवानपुरका मन्दिर खुला छैन, अटेर गरे कारवाही हुन्छ :प्रजिअ पाण्डे

Screenshot_20210718-14562-1626601182.jpg

३ साउन, हेटौंडा । कोरोना संक्रमणको जोखिम कायमै रहेकोले मकवानपुरका मन्दिर खुला नगरेको बिषयमा जिल्ला प्रशासन कार्यालयले मकवानपुरले जानकारी गराएको छ ।विशेष गरेर साउने सोमबार शिव मन्दिरमा दर्शनार्थीहरूको भिड बढ्ने भएको र भिडले कोरोना जोखिम बढाउन सक्ने भन्दै मकवानपुर प्रशासन कार्यालयले मन्दिर खुला नहुने जनाएको हो । 

सबै मन्दिर व्यवस्थापन समितिलाई मन्दिर खुला नगर्न सचेत गराइएको   मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रष्ट खबरलाई बताएका छन। 

निषेधाज्ञा जारी भएदेखी जोखिमलाई मध्यनजर गरेर  सर्वसाधारणलाई मन्दिर नखुल्ने अवगत गराइएको भन्दै प्रजिअ पाण्डेले प्रशासनको सूचनालाई अटेर गरी जबर्जस्ती गरे कारवाही गरिने बताए ।

हेटौडा -४मा  रहेको भुवनेश्वर मन्दिर, मकवानपुर गढीगाउँपालिका -४ मा रहेको  मनकामना मन्दिर,हेटौँडा-१० मा रहेको भुटनदेवि र गोरक्षेश्वर मन्दिर, हेटौँडा, -१ भैरवडाँडामा रहेको पाथीभरा देवि मन्दिर,दामनमा रहेको ॠखेश्वर मन्दिर, हेटौँडा-५ मा रहेको रूद्रेश्वर र दक्षिणकाली मन्दिर लगायतका धार्मिकस्थल तथा शिवालय बन्द रहने प्रजिअ पाण्डेले जानकारी दिएका छन।

यता जिल्ला प्रशासन कार्यलय मकवानपुरले मन्दिरको आफ्नो नियमित आरती बाहेक हालसम्म सर्वसाधारणका लागि मठ मन्दिर खुला गर्न अनुमति नदिएकोले साउने सोमबार हेटौँडा नगर र आसपासका शिवालय खुला नहुने  मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन्। 

असार ३१ गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरका मठ मन्दिर सर्वसाधारणको दर्शनका लागि खोल्न नपाइने निर्णय गरेको थियो। भोली साउनको पहिलो सोमबार भएकोले शिवालयमा भिडभाड बढ्ने अनुमान गरिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार