Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रम देउवालाई क्षेत्र निर्धारण प्रतिवेदन बुझाइयो

मकवानपुरमा  प्रतिनिधिसभा २ र प्रदेशका लागि ४  निवार्चन क्षेत्र

Sanghiya-nepal-1504108280.jpg


१४,भदौँ,हेटौँडा । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोगले क्षेत्र निर्धारण प्रतिवेदन सरकारलाई बुझाएको छ । बुधबार साझ आयोगका अध्यक्ष कमलनारायण दास सहितको पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी क्षेत्र निर्धारण प्रतिवेदन बुझाएका हुन ।

बुझाएको प्रतिवेदन नेपालको संविधान अनुसार प्रतिनिधिसभाका लागि १६५ र प्रदेश सभाका लागि ३ सय ३० गरी प्रत्यक्षतर्फ कुल ४ सय ९५ क्षेत्रसहित प्रदेश नम्बर १ मा २८, प्रदेश नम्बर २ मा ३२, प्रदेश नम्बर ३ मा ३३, प्रदेश नम्बर ४ मा १८, प्रदेश नम्बर ५ मा २६, प्रदेश नम्बर ६ मा १२ र प्रदेश नम्बर ७ मा १६ वटा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र निर्धारण गरिएकोे छ ।  
निर्वाचन क्षेत्र निर्धारण गर्दा ९० प्रतिशत र भूगोललाई १० प्रतिशत आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण  गरिएको र जसमा गाउँपालिका र नगरपालिका टुक्रिएको र  गाउँपालिका भन्दा नगरपालिका बढी बाँडिएका आयोगका सदस्य माधव अधिकारीले बताए  ।
निर्वाचन क्षेत्र निर्धारण गरिएसँगै सबैभन्दा बढि काठमाडौंमा १० वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ भने  मोरङमा ६ वटा, झापा, रुपन्देही र कैलालीमा ५ वटा त्यसैगरी सुनसरी, सप्तरी, सिरहा, धुनषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा मा ४ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । ७ वटा जिल्लामा ३ वटाका दरले निर्वाचन क्षेत्र तथा २१ वटा जिल्लामा २÷२ वटा निर्वाचन क्षेत्र, र ३५ वटा जिल्लामा १÷१ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । 

मकवानपुरमा  प्रतिनिधिसभा २ र प्रदेशका लागि ४  निवार्चन क्षेत्र  
त्यसैगरी ४ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा अब प्रतिनिधिसभामा दुईवटा र प्रदेशमा ४ वटा मात्र  निवार्चन क्षेत्र रहने भएको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको क्षेत्र निर्धारण प्रतिवेदनमा मकवानपुरमा प्रतिनिधिसभा दुई र प्रदेशमा ४ वटा निवार्चन क्षेत्र हुने भएको हो  । 
तराईमा ७८ वटा निर्वाचन क्षेत्र
निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभाका लागि निर्धारण गरिएको १ सय ६५ निर्वाचन क्षेत्र मध्ये तराईका २० जिल्लामा ७८ वटा निर्वाचन क्षेत्र समावेश गरिएको छ  । 
मधेसकेन्द्रीत दलले जनसंख्या अनुपातमा तराईका जिल्लामा ५१ प्रतिशत निर्वाचन क्षेत्र हुनुपर्ने माग गरिरहेका बेला यो क्षेत्र निर्धारणले विगतको तुलनामा एक प्रतिशत कम प्रतिनिधित्व हुने देखिएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

थप समाचार