Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

साउने सोमबारको महिमा र महत्व

shrawan-barta-1626658181.jpg

४ साउन, हेटौंडा । साउने सोमबार विद्याका दृष्टिले पनि फलदायी मानिन्छ । महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा छ । हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको मान्छन् । 
साउनका प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने चलन छ । ज्योतिषशास्त्रअनुसार सोमबारका स्वामी भगवान् शिव त्यसमा पनि साउन महिनाको सोमबार गरिने शिवको व्रत विशेष फलदायी हुन्छ । पहाड तथा काठमाडौंका हिन्दू धर्म मान्नेहरूबीच साउने सोमबारको व्रत बस्ने चलन छ । साउने सोमबार विद्याका दृष्टिले पनि फलदायी मानिन्छ । महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा छ ।
हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको मान्छन् । साउन महिनामा बढी वर्षा, झरी तथा कीटाणुको संक्रमण हुने हुँदा लुतो पनि फालिन्छ । यतिबेला वर्षा र गर्मीका कारण रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजित हुने खाना खानु हुँदैन भनिन्छ । हिन्दू धर्ममा साउनलाई धर्म–कर्मको महिनाका रूपमा लिइन्छ ।
यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा राम्रो फल प्राप्त हुने विश्वास छ । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयबाट प्रारम्भ भएर तेस्रो प्रहरसम्म चल्छ । तेस्रो प्रहर अर्थात् तीन बजेपछि शिवजीको पूजा गर्ने चलन छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गरिन्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ । यसपटक साउनको पहिलो सोमबार साउन ४ गते परेको छ । 
तराईमा साउन महिनाको पूर्णिमा आसपासका १५ दिन मधुश्रावणीका रूपमा महिलाहरूले मन्दिरमा चोखो फूल चढाएर व्रत बस्ने चलन रहेको छ । पूर्णिमालाई मनको देवता मानिने भएकाले त्यसको आसपास व्रत बस्ने चलन चलेको हो । उमेरअनुसार व्रत बस्ने उद्देश्य फरक हुने पनि हुने गर्दछ । विवाहितले सुहाग यथावत् रहोस् भनेर, सन्तान भएकाहरूले सन्तानको दीर्घायुका लागि तथा अविवाहितहरूले असल श्रीमान् प्राप्त गर्न व्रत बस्छन् । 

साउने सोमबारका गन्तव्य
साउने सोमबारका दिन देशभरिका शिवालयहरूमा भक्तजनको भीड लाग्छ । काठमाडौं वरपरका श्रद्धालुहरूको साउन महिनाको सोमबारको प्रमुख गन्तव्य पशुतिनाथ हो । यसैगरी केदारनाथको शिर मानिने भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, खोटाङको हलेसी महादेव, काठमाडौंको कोटेश्वर, पनौतीको धनेश्वर, महोत्तरीको जलेश्वर, म्याग्दीको गलेश्वर, धरानको पिण्डेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको दुप्चेश्वर आदि शिवालयमा साउने सोमबारका दिन विशेष घुइँचो लाग्छ । 

साउनमा प्रयोग हुने पहिरन, मेकअप तथा एसेसरिज
चुराः हिन्दू धर्मशास्त्रअनुसार चुराको महत्व श्रीमान्को दीर्घायुसँग जोडिएको छ । त्यसैले विवाहित महिलाहरू सकभर हात खाली राख्दैनन् । साथमा चुराले महिलाहरूको हातलाई सुन्दर पनि बनाउँछ । साउने सोमबारका दिन प्रायः महिला हरिया चुरा तथा बालामा सजिएका हुन्छन् ।
केही बर्ष यता दशैं, तीज तथा विवाहका लगनमा जस्तै साउनभरि चुराको व्यापार हुन्छ । साउन आउनुभन्दा एक हप्ताअघि नै साउनका लागि हरिया चुरा बिक्री हुन थाल्ने गरेका छन् । हरिया चुराका साथमा पहेंला तथा राता चुराहरू पनि उक्तिकै विक्रि हुने गरेको छ ।
अझ केही वर्षयतादेखि साउनमा तीजकै हाराहारीमै व्यापार हुने व्यवसायीहरू बताउँछन् । साडी, ब्लाउज तथा कुर्तामा भएका स्टोनअनुसारका चुरा किन्न आउनेहरू पनि त्यत्तिकै हुन्छन् । साउने सोमबारका लागि दिदी–बहिनी छरछिमेक तथा साथीहरूलाई पनि चुरा, टीका आदि सौभाग्य चिन्हहरू उपहार प्रदान गर्न थालिएकाले चुरा पसलहरूको आम्दानी अझ बढ्दो छ ।
पोतेः विवाहित महिलाहरूका लागि पोतेको महत्व आफ्नै किसिमको छ । रातो साडीमा हरियो पोते लगाउँदा महिलाहरूको सौन्दर्यमा थप वृद्धि हुन्छ । तीज, साउने सोमबार आदिमा त पोते अनिवार्य एसेसरिजझैं भैसकेको छ । केही समयअघि पोतेमा तिलहरी मात्र राखेर लगाउने चलन थियो भने अहिले नौगेडी, पोतेका डिजाइन डिजाइनमा माला लगाउने चलनसमेत छ ।
पोते उनेर नेकलेस डिजाइन, विभिन्न फूलका डिजाइनहरूसमेत निकालिएको पाइन्छ । कतिपयले रातो, हरियो तथा पहेंलो रंगको कम्बिनेसन गरिएका पोतेसमेत रुचाउँछन् ।
(नारीबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार