Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गुम्बा विहार संघर्ष समितिद्वारा ज्ञापनपत्र

Gumba-Bihar-1504184579.jpg

१५ भदौं, हेटौँडा । भुकम्प प्रभावित गुम्बा बिहार संघर्ष समिति मकवानपुरले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । समितिले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

भूकम्पपछि धरासयी भएका गुम्बा तथा बिहारको पूनर्निमाणमा सम्बन्धित निकायले कार्यविधि परिवर्तन गरेर बजेट उपलव्ध नगराएको भन्दै समितिले ज्ञापनपत्र बुझाएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानल बुझाइएको ज्ञापनपत्र बुझाएका थिए । गुम्बा बिहार पूननिर्माणमा नयाँ कार्यविधि खारेज गरी पुरानै कार्यविधि अनुसार काम गर्न पाउनुपर्ने, आव ०७३/०७४ को विनियोजित बजेट अनुसार योजनालाई तुरुन्तै निरन्तरता दिनुपर्ने, छुटेका गुम्बा बिहारहरुलाई पुननिर्माण कार्यमा समावेश गर्न, गुम्बा पुननिर्माण गर्दा मुर्ति, आर्ट र थान्का समेतलाई समावेश गर्नु पर्ने लगायतका माग समितिको छ ।

समितिका अनुसार मकवानपुरका १ सय ११ वटा गुम्बाले राहतका लागि निवदेन दिए पनि ७९ वटा गुम्बालाई बजेट विनियोजन भएको थियो । समितिका सचिव सुवास लामाका अनुसार मकवानपुरका लागि पहिलो किस्ता बापत  २७ करोड २० लाख २५ हजार बजेट छुटाइएको थियो । नक्साका लागि बजेटको १ प्रतिशतका दरले करिब ३९ लाख ५० हजार रकम प्राविधिक खर्च भएको समितिको दावि छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार