Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

प्रशिक्षक अलमुताइरीको राजीनामा प्रकरण मन्त्रालयलाई छानविन गर्न सिफारिस

thumb-1-768x432-1-1627690993.jpg

google

१६ साउन, हेटौंडा । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरण युवा तथा खेलकुद मन्त्रालयले छानविन गर्ने भएको छ । 
अखिल नेपाल फुटबल संघ (एन्फा)को शुक्रबार बसेको कार्यसमिति बैठकले प्रशिक्षकको राजीनामा प्रकरणका लागि छानविन गर्न मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । 
प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ्गका कारण आफुले पदबाट राजीनामा दिने घोषणा गरेपछि फुटबल विवाद उत्कर्षमा छ । मुख्य प्रशिक्षकले आफुमाथि संघिन आरोप लगाएपछि वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले छानविनको माग गर्दै एन्फामा निवेदन दिएका थिए । 
बिहिबार मात्र मुख्य प्रशिक्षक अलमुताइरीले पनि वरिष्ठ उपाध्यक्ष र दुई पत्रकारमाथि छानविनको माग गर्दै एन्फामा उजुरी दिएका थिए । प्रशिक्षकको राजीनामा प्रकरण र वरिष्ठ उपाध्यक्षमाथिको आरोपबारे छलफल गर्न एन्फाले शुक्रबार आकस्मिक कार्यसमितिको बैठक आह्वान गरेको थियो । 
शुक्रबार उपरान्ह बसेको एन्फा कार्यसमिति बैठकले घटनाको उच्चस्तरीय छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले महिला फुटबल टिमको इरानसंग र पुरुष फुटबल टिमको बंगलादेश, भारत र सिंगापुर लगायतका देशसंग मैत्रीपूर्ण खेलका लागि पत्राचार भइरहेको उल्लेख गर्दै अवस्था अनुसार खेल्न पठाउने निर्णय गरेको छ ।
एन्फाले साफ च्याम्पियनसिप फुटबलका लागि ५ करोड रकम रुपैयाँको स्रोत सुनिश्चितता दिने सरकारको निर्णयलाई धन्यवाद दिएको छ । साथै प्रतियोगिता आयोजनाको प्रस्ताव माग गर्ने साफलाई बैठकले धन्यवाद प्रकट गरेको छ ।
 

228193980_259108803103808-1627691603.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार