Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मंसिरबाट अदालतको पेशी गोला प्रथाबाट

20200726_141417-1627862388.jpg

१८ साउन,काठमाडौँ। अदालतमा पेशी तोक्दा गोला प्रथाबाट तोकिने भएको छ।अहिले सर्वोच्चमा प्रधानन्यायाधीश, उच्च र जिल्लामा मुख्य न्यायाधीशले पेशी तोक्ने गरिँदै आएकोमा अब मंसिरदेखि भने गोला प्रथा (राफल प्रणाली)बाट पेशी तोकिने छ।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको ‘न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियममितता वा भ्रष्टाचार एवं विचौलियाबाट हुनसक्ने क्रियाकलापहरू रोकथामका लागि आवश्यक कानूनी, संरचनागत लगायतका उपायहरूसहितको प्रतिवेदन र सुझावहरू कार्यान्वयनका लागि जिम्मेवारीसहितको कार्ययोजना प्रस्ताव गर्न’ गठित अध्ययन समितिको प्रतिवेदनलाई प्रधानन्यायाधीश राणाले तत्काल कार्यान्वयनमा लैजाने भएको हुन्।बिहीबार बुझाएको प्रतिवेदनमा अदालतमा पेशी तोक्ने कार्य निक्कै विवादास्पद र यसले न्याय सम्पादनमा समेत विकृति ल्याएको ठहर गर्दै स्वचालित पेशी सूची प्रणालीमा जान सुझाव दिएको छ।

स्वचालित पेशी सूचि प्रणालीका लागि आवश्यक कानुनी र प्राविधिक तयार गर्नुपर्ने भएकाले मंसिरदेखि गोला प्रथामा जान लागिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन।

FB_IMG_1627862184327-1627862390.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार