Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

‘सरकारी कार्यालय अपारदर्शी’

अख्तियार र प्रशासन पनि ‘कन्जुस’

RTI1-1471080819.jpg

२९ साउन, हेटौँडा । सूचनाको हक कार्यान्वयन नागरिक अभियानले मकवानपुरका सरकारी कार्यालय अपारदर्शी रहेको जनाएको छ । आफैं आवधिक रुपमा सार्वजनिक गर्नुपर्ने सूचना माग्दा समेत सरकारी कार्यालयले आनाकानी गरेकोले सरकारी कार्यालय अपारदर्शी रहेको अभियानले बताएको हो । 

सूचना उपलव्ध नगराउनुमा उनीहरुको कामकारवाहीमा केही त्रुटी रहेको समेत आशंका व्यक्त गरिएको छ । सूचनाको हक कार्यान्वयनका लागि नागरिक अभियानले मागेको सूचना जिल्लाका आधा दर्जन सरकारी कार्यालय दिन आनाकानी गरेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । दुई साता अघि अभियानले आव २०७२/०७३ मा सरकारी कार्यालयले अतिथि सत्कार शिर्षकमा गरेको खर्च, यसको विल भपाई र सोही आवमा गरेको इन्धन खर्चको विल भरपाई र लगबुकको प्रमाणित प्रतिलिपि मागेको थियो । सूचना मागेका कार्यालयले मध्ये जिल्ला वन कार्यालय मकवानपुरले मागेको ढाँचामा प्रमाणित प्रतिलिपि उपलव्ध गराएपनि अन्य कार्यालय विभिन्न जवाफ दिंदै सूचना दिन इन्कार गरेका छन् ।

अभियानका संयोजक कुमार अधिकारीका अनुसार जिविस मकवानपुरले केही सूचना दिएपनि मागेको सूचनाको प्रमाणित प्रतिलिपि दिएन । त्यसैगरी, मध्ये क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले सूचना दिंदा आन्तरिक शान्ति सूरक्षामा खलल पुग्ने तर्क गर्दै महालेखा परिक्षकको कार्यालयको वेभसाईटबाट लिन आग्रहसहितको पत्र लेखेको छ । जिल्ला पशु सेवा कार्यालयले प्रमाणित प्रतिलिपि दिएपनि पूर्ण सूचना दिएन । पशु सेवा कार्यालयले भुकम्प प्रभावितका लागि वितरण गरेको बोका, राँगा दिंदा अनियमिता भएको अभियानको आरोप छ । वितरण गरिएको बोका र राँगा तोकिएको जातको नभएको, तोकेको भन्दा कम तौलका पशु वितरण गरेको र स्वास्थ्य परिक्षण नगरिएको उनीहरुको भनाई छ । पशुचौपाया वितरणमा १९ लाख १५ हजार रुपैँया खर्च भएको थियो । 
आन्तरिक राजस्व कार्यालय हेटौँडाले पनि प्रमाणित प्रतिलिपि नदिएको अभियानका सदस्य गिरिजा अधिकारीको भनाई छ । जिल्ला शिक्षा कार्यालय र हेटौंडा उपमहानगरपालिकामा पनि सूचना मागिएको र प्रक्रिया अघि बढेको कार्यालयबाट जानकारी आएको अभियानको भनाई छ ।
अख्तियार र प्रशासन पनि ‘कन्जुस’
सूचना उपलव्ध गराउन अन्य कार्यालय जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडा र जिल्ला प्रशासन कार्यालय मकवानपुर पनि ‘कन्जुस’ देखिएका छन् । दुबै कार्यालयले केही सूचना उपलव्ध गराए पनि सूचना मागेको ढाँचामा प्रमाणित प्रतिलिपि उपलव्ध नगराएको अभियानका सदस्य गिरिजा अधिकारीले बताए । भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको अख्तियारले समेत सूचना दिन कन्जुस्याई गरेकोमा अभियानले आश्चर्य व्यक्त गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर जिल्लामा सूचनाको हक कार्यान्वयनका लागि गठन गरेको अनुगमन समितिको संयोजक कार्यालय हो ।

RTI2-1471080820.jpg
RTI3-1471080821.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

गृहमन्त्रीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
Screenshot_20240516_09013-1715829420.jpg

३ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन...

राष्ट्रियसभा बैठक आज बस्दै
1596282866samsad-1715825396.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ ।  बैठकमा सार्वजनिक...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
dirgha_lRngsAr7Rp_L6CADlW-1715824470.jpg

३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1715823687.jpg

३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । सभामुख देवराज घिमिरेले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1715822742.jpg

३ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  कोशी र मधेश प्रदेश सहित...

बागमतीमा मन्त्रालयको संख्या १३ पुग्यो
Capture-1715818461.JPG

३ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको छ । विनाविभागिय मन्त्री व्यवस्थापनको लागि...

बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु
accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...

थप समाचार