१८ भदौं, हेटौँडा । १४औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा मनोनयनमा परेका खेलाडीहरुको नाम आइतबार सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्दै आएको अवार्डका लागी मनोनयनमा परेका खेलाडीहरुको नाम सार्वजनिक गरिएको हो । सर्वाजनिक गरिएका नामहरुमा पुरुष तर्फका उत्कृष्ट खेलाडीको मनोनयनमा राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ र क्रिकेटका अलराउण्डर शरद भेषावकर परेका छन् भने ब्याड्मिन्टनका रत्नजीत तामाङ, भलिबलका मानबहादुर श्रेष्ठ र एथ्लेटिक्सका सोमबहादुर कुमाल रहेका छन् । यस्तै महिलातर्फको मनोनयनमा फुटबलकी सावित्री भण्डारी, एथ्लेटिक्सकी कान्छिमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, एथ्लेटिक्सकी सरस्वती भट्टराई र ब्याड्मिन्टनकी नक्शलादेवी तामाङ परेका छन् ।
वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा फुटबलका अनन्त तामाङ, भलिबलकी प्रतिभा माली, भारत्तोलनकी प्रतिभा माली, जुडोकी मनिता श्रेष्ठ प्रधान र क्रिकेटका दीपेन्द्रसिंह ऐरी परेका छन् । पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पुरुष तर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी परेका छन् भने महिला तर्फ एथ्लेटिक्सकी कान्छिमाया कोजु परेकिछिन । यस्तै उत्कृष्ट प्रशिक्षकको मनोनयनमा फुटबलका मेघराज केसी, ब्याडमिन्टनका किरण थापा, क्रिकेटका जगत टमाटा, फुटबलका ग्योतोकु कोजी र एथ्लेटिक्सका पुष्पराज ओझा छन् ।
वर्षको उत्कृष्ट पुरूष, महिला र प्रशिक्षकले पुरस्कारस्वरूप पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् भने उत्कृष्ठ युवा खेलाडीले ५० हजार पुरस्कार पाउनेछन् । अवार्ड कार्यक्रम भदौ २६ गते प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


