Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

कम्युनिटी शिल्डको उपाधि लेष्टर सिटीले जित्यो

E8NUUx_WEAIH_e9-1628384471.jpg

२४ साउन, हेटौंडा । लेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै लेष्टरले उपाधि जितेको हो ।
लेष्टरलाई उपाधि दिलाउन केलिची इहिनाचोले निर्णायक गोल गरे । केलिचीले खेलको ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।
 सिटीका नाथन एकेले पेनाल्टी क्षेत्रमा केलिचीलाई फाउल गरेपछि लेष्टरले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो ।
लेष्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । सिटी भने सातौं पटक उपाधि जित्नबाट बन्चित भएको छ । लेष्टरविरुद्धको खेलसँगै मिडफिल्डर ज्याक ग्रेलिसले सिटीका लागि डेब्यु गरेका छन् ।
ग्रेलिस खेलको ६५ औं मिनेटमा सामुएलको स्थानमा मैदान प्रवेश गरेका थिए । ग्रेलिस यसै हप्ता एस्टन भिल्लाबाट सिटीमा अनुबन्धित भएका थिए ।
कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिस्पर्धा गर्ने गर्छन् । लेष्टर एफए कप विजेता र सिटी प्रिमियर लिग विजेताको रुपमा फाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार