Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

स्वास्थ्य मन्त्रालयबाट हेटौंडामा कोभिड खोपको अनलाइन दर्ता अभियान संचालन

Online-Form-Reg-1628583142.jpg

२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेटौंडा उपमहानगरपालिकामा कोरोनाविरुद्धको खोपका लागि अनलाईन दर्ता अभियान संचालन गरेको छ । खोप लगाउन अनलाईन दर्ताका लागि महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालको सहजिकरणमा मन्त्रालयले हेटौंडा उपमहानगरपालिकामा अभियान संचालन गरेको हो ।
मन्त्रालयले विश्व स्वास्थ्य संगठन र युएनडिपिको आर्थिक एवं प्राविधिक सहयोगमा ७ प्रदेशका ७ स्थानीय तहमा पाइलट प्रोजेक्टको रुपमा अभियान नै संचालन गरेको छ । प्रदेश १ को बिराटनगर उपमहानगरपालिका, प्रदेश २ को कलैया उपमहानगरपालिका, बागमती प्रदेशको हेटौंडा उपमहानगरपालिका, गण्डकी प्रदेशको बेनी नगरपालिका, लुम्बिनी प्रदेशको बुटबल उपमहानगरपालिका, कर्णाली प्रदेशको गुराँस गाउँपालिका र सुदरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकामा सहजकर्ताहरु नै खटाएर अनलाईन दर्ता अभियान संचालन भईरहेको छ । ७ सय ५३ वटै स्थानीय तहमा अभियान संचालन गर्ने र तथ्यांक व्यवस्थापनको उद्देश्यले ७ स्थानीय तहमा पाइलट प्रोजेक्ट संचालन गरिएको स्वास्थ्य विभागका तथ्यांक अधिकृत दिवाकर सापकोटाको भनाई छ ।
अनलाईन दर्तामा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालकी अध्यक्ष इन्दिरा न्यौपानेले बताईन् । अनलाईन दर्ता गर्दा खोप केन्द्रमा हुने भिडभाड समेत कम भएको सर्वसाधारणको भनाई छ । अग्रिम अनलाईन दर्ता गरी स्वास्थ्य केन्द्रमा खोप लगाउँदा लाईन बस्नु नपर्ने भएकाले सहज ढंगले खोप लगाउन सकिएको हेटौंडा–१५ का विष्णु राईको भनाई छ । सहजकर्ताहरु नै परिचालन गरेर अनलाईन फारम भर्ने व्यवस्था गरेकाले सहजढंगबाट दर्ता र खोप लगाउन पाईएको हेटौंडा–१५ कै ठूलीमाया लामाको भनाई छ ।
अभियानले खोपको दुरुपयोग रोक्ने, बैदेशिक रोजगारी जानेहरुका लागि अत्यागमनमा परेको समस्यालाई सहजिकरण गर्ने, स्वास्थ्य संस्थामा चाप व्यवस्थापन हुने, खोपको राष्ट्रिय तथ्यांकमा दुरुस्तता आउने जस्ता सकारात्मक परिणाम आउने मन्त्रालयको विश्वास छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार