२८ साउन, हेटौंडा । बलात्कारपछि हत्या गरेको आशंका गरिएको पूर्वी मकवानपुरकी मृतक ४ वर्षीया बालिकाको परिवारलाई नगद र खाद्यान्न सहयोग गरिएको छ ।
आर्थिक रुपमा विपन्न रहेको स्वर्गीय रुविना पाख्रिनको परिवारलाई सहयोगीहरुबाट प्राप्त नगद ३१ हजार ५० रुपैंया र खाद्यान्न सहयोग गरिएको हो । जगत टिभीबाट संकलित २१ हजार ५० रुपैंया र वाग्मती प्रदेशकी निवर्तमान प्रदेश प्रमुख एवं माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाबाट प्राप्त १० हजार रुपैंया हस्तान्तरण गरिएको थियो ।
यसैगरी हाल जापानमा रहेका मकवानपुरकी चेलीहरु शर्मिला लामा र प्रिया व्लोनबाट ५ बोरा चामल, तेल १ कार्टुन र मसला तथा अनुराधा कोईरालाबाट प्राप्त एक बोरा चामल, नुन, तेल, चना प्रदान गरिएको थियो ।
नगद सहयोग गर्नेमा जापानमै रहेका नेपालको पहिलो स्याटेलाइट निर्माता हरिश श्रेष्ठबाट ३ हजार, पोखराकी सुशिला श्रेष्ठबाट ३ हजार, मकवानपुरगढीकी गोमा लामाबाट २ हजार ५ सय साथै हेटौंडाकी रश्मी बस्नेत, फापरबारीका भीम परियार, बुढीचौर घर भई हाल दक्षिण कोरियामा रहेका गिरिजा न्यौपानेबाट जनही २ हजारसहित १३ जनाले सहयोग गरेका थिए ।
मकवानपुरको पूर्वी क्षेत्र वागमती गाउँपालिका ७, लामिटारस्थित रुविनाको घरमा पुगेर आमा सीतामायाँ पाख्रिन र बुवा शेरबहादुर पाख्रिनलाई नगद र खाद्यान्न सहयोग गरिएको हो । माईती नेपालकी मकवानपुर कार्यक्रम संयोजक मायाँ लामा, मन लामा र जगत टिभीका संचालक अशोकसुजन श्रेष्ठले नगद र खाद्यान्न हस्तान्तरण गरेका थिए ।
झण्डै ८ महिनाअघि मंसीर ३ गते साँझ रुविनाको रगतले लतपतिएको नग्न अवस्थामा शव भेटिएपछि बलात्कार र हत्या भएको अनुमान गरिएको थियो । रुविनाको बलात्कार र हत्या गरेको आरोपमा आफन्त नातापर्ने स्थानीय एक किशोरमाथि मकवानपुर जिल्ला अदालतमा मुद्धा चलिरहेको बताईएको छ ।
यसअघि रुविनाको परिवारलाई वागमती गाउँपालिकाबाट ५० हजार, पाख्रिन समाज चितवनबाट ५५ हजार, गाउँलेहरुबाट ३५ हजार, मञ्जुश्री असहाय संरक्षण केन्द्र मकवानपुरबाट १५ हजार रुपैंया लगायतले आर्थिक सहयोग गरेको परिवारले जनाएको छ । आफ्नो खेतमा उत्पादित अन्नले छ महिनामात्र खान पुग्ने भएकाले ज्याला मजदुरी गर्नुपर्ने अवस्था रहेकोले थप सहयोगको अपेक्षा गरेका छन् ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












