३२ साउन, हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले १८ महिना देखी २ वर्ष नाघेका एउटा पनि मुद्धा फछर्यौट हुन बाँकी नरहेको जनाएको छ ।
उच्च अदालत पाटन,हेटौंडा इजलासले सोमबार पत्रकार भेटघाटको आयोजना गर्दै आर्थिक वर्ष २०७७/०७८ मा १८ महिनादेखी २ वर्ष नाघेका एउटा पनि मुद्धा फछर्यौट हुन बाँकी नहरेको जनाएको हो ।
पत्रकार भेटघाटमा अदालतका सुचना अधिकारी केशवराज कौशिकले आर्थिक वर्ष २०७७/०७८ अदालतले ९३९ वटा मुद्दा फर्छयौट गर्ने लक्ष्य लिएकोमा ८२६ मुद्धा फछर्यौट गर्न सफल रहेको जानकारी दिएका छन। फछर्यौट भएको मुद्धा लक्ष्यको ८७.९६ प्रतिशत रहेको छ ।
सुचना अधिकारी कौशिकले अदालतमा दर्ता भएका देवानी भन्दा फौजदारी मुद्दा बढी रहेकोले गत वर्षको ६१९ मुद्दा फछर्यौट हुन बाँकी रहेको बताए । पत्रकार भेटघाटमा अदालतको यस आर्थिक वर्षमा अघिल्लो वर्षबाट ६१९ वटा मुद्धाको जिम्मेवारी सरेर आएको, गत वर्षमा १ हजार ३७ थान नयाँ मुद्धा दर्ता भएको उल्लेख गर्दै अघिल्लो वर्षमा एक हजार ४४५ मुद्धाको लगत भएकोमा ८२६ मात्र फछर्यौट भएको जनाइएको छ।
आर्थिक वर्ष २०७८/७९मा १ हजार १४९ नयाँ मुद्धा दर्ता हुने अनुमान गरिएको र चालू वर्षमा १ हजार १९४ वटा मुद्धा फछर्यौट गर्ने लक्ष्य लिएको कौशिकले बताएका छन् ।
"उच्च अदालत पाटन हेटौँडा इजलासले पुरानवेदन मुद्धा, बैंकिङ कसुर, राजस्व, जन्मकैद भएका मुद्धा, रिट र निषेधाज्ञाका मुद्दाहरु हेर्ने गरेको छ"-कौशिकले भने।
पत्रकार भेटघाटमा बोल्दै उच्च अदालत पाटन, हेटौंडा इजलासका मुख्य न्यायधीश मोहम्मद साविर हुसैनले अदालत प्रतिको जनआस्था कायम राख्न मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए । हुसैनले गरिबीका कारण जनताले न्याय पाउनबाट बञ्चित हुन नपरोस् भनेर अदालतमा वैतनिक वकिलको नियुक्त रहेको बताए ।
पत्रकार भेटघाटमा अदालतको आदेश,फैसला र मुद्दामा प्रयोग हुने शब्द सर्वसाधारणलाई बुझ्न कठिन भएन र् ? भन्ने पत्रकारको पश्नमा मुख्य न्यायधीश हुसैनले कानुनी शब्दकोषमा अदालतको फैसला र मुद्धाका क्रममा प्रयोग भएका शब्द उर्दु, फारसी भाषामा उल्लेख गरेकोले त्यही कानुनी शब्द प्रयोग हुने गरेकोले आमसर्वसाधारणलाई बुझ्न कठिन भएको स्पष्ट परेका थिए ।
पत्रकार भेटघाटमा अदालतका न्यायधीश हरिप्रताप केसी, नागेन्द्र लाल कर्ण, निमित्त रजिष्ट्रार कैलाश प्रसाद भट्टराई, अदालतका कानुन अधिकृत उपस्थिती रहेको थियो । उच्च अदालत पाटन, हेटौंडा इजलासले चितवन र मकवानपुरको पुनरावेदकीय भएका मुद्धा हेर्ने गर्दछ ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












