Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गुणस्तरीय शिक्षामा स्थानीय तहको भूमिका महत्वपूर्ण

Edu-1504836369.jpg

२३ भदौं, हेटौँडा । शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्नका लागि स्थानीय तहको महत्वपुर्ण भुमिका हुने हेटौडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । कार्यक्रममा शिक्षासंग सम्बन्धित निकाय र स्थानीय तहको समन्वयले मात्रै शिक्षा क्षेत्रको सुधार सम्भव रहेकोमा जोड दिईएको थियो ।
नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौडाको आयोजनामा राष्ट्रिय साक्षरता दिबस तथा शिक्षा दिबसको अबसरमा बिद्यालय शिक्षाको ब्यवस्थापन र गुणस्तर सुधारमा स्थानिय तहको भुमिका बिषयक अन्तरकृया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । शिक्षासंग सम्बन्धित मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडा, जिल्ला शिक्षा कार्यालय मकवानपुर, नेपाल शिक्षक महासंघ मकवानपुरको समन्वयमा कार्यक्रम गरिएको हो । 
शिक्षा कार्यालयका कर्मचारीहरु र बिद्यालयहरु अब स्थानिय तह मातहतमा रहेर काम गर्नका लागि सहजीकरण गर्न र सजिलो होस भन्ने उद्धेश्यले शिक्षा कार्यालयका प्रमुख तथा स्थानिय तहका जनप्रतिनिधिसहितको सहभागितामा कार्यक्रम गरिएको जनाईएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर, उपमहानगरपालिका, नगरपालिका, र नगरपालिकाका प्रमुख एवं प्रतिनिधि, शिक्षाका पेशागत संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशनालय हेटौडाका उपनिर्देशक बद्रीबहादुर पाठकले बिद्यालय तहको शिक्षाको ब्याबस्थापन र गुणस्तर सुधारमा स्थानिय तहको भुमिकाका बिषयमा प्रस्तुतीकरण गरेका थिए । यसैगरी जिल्ला शिक्षा कार्यालय मकवानपुरका जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजङ थापाले जिल्लाको शिक्षा क्षेत्रको बिषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रम नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौडाका अध्यक्ष गणेश प्रसाद हुमागाईको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार