Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बंशगोपालको अभिभावक भेला सम्पन्न

2017-09-08-16-58-28-1-1504869337.png

भीमसेन पौडेल
२३ भदौ, चौघडा ।
 ३८ औं राष्ट्रिय शिक्षा दिवस एवम् अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा  हेटौडा–६, चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयको १४ औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ । 

भेलामा विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले विद्यालयको आर्थिक, भौतिक एवम शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा १ देखि १२ सम्म कक्षागत रुपमा प्रथम, द्वितिय र तृतिय हुने, कक्षामा बढी उपस्थित हुने, खेलकुद, बक्तित्वकला प्रतियोगितामा विजयी हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

भेलाले आगामी शैक्षिक सत्र देखि प्राविधिक विषयको कक्षा सञ्चालन गर्ने निर्णय भेलाले गरेको विद्यालयले जनाएको छ।हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा भेला भएको थियो ।

भेलामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, हेटौडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्यद्वय राजकुमार बासतोला, रामहरी राई, श्रोत व्यक्ति किरणकुमार आचार्य, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, शिक्षक तारानाथ खतिवडा, नारायण रेग्मी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार