३० साउन, हेटौँडा । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने माओवादी मन्त्रीको सूचिमा मकवानपुरका सभासद् रामनारायण विडारी अटेनन् । माओवादीले आफुले पाएको ८ मन्त्रालयमा मन्त्री हुनेमा उनको नाम नअटेको हो ।
तीन मन्त्रीको यसअघि नै सपथग्रहण भएको छ भने बाँकी पाँचको सूचि तयार भएको थिएन । यसअघि उपप्रधान तथा अर्थ मन्त्री कृष्ण महरा, युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइली र गौरीशंकर चौधरी कृषि मन्त्री भईसकेका छन् । आइतबार भएको छलफलबाट पाँच मन्त्रीको करिव टुंगो लागेको जनाईएको छ । विडारीलाई कानूनमन्त्री बनाउने चर्चा बाहिर आएपनि अन्तिममा आएर कानून मन्त्रीमा सिराहाबाट समानुपातिक सांसद अजय शंकर नायकको नाम बाहिर आएको छ । यसअघि प्रभु साहको नाम आएपनि उनले स्थानीय विकास मन्त्रालयमा दावि गरेका थिए । माग अनुसारको मन्त्रालय नपाएपछि उनको नाम सूचिबाट हटाईएको छ ।
दाहालले धनिराम पौडेललाई शिक्षा, हितराज पाण्डेलाई स्थानीय विकास, राम कार्कीलाई सञ्चार र जनार्दन शर्मालाई उर्जा मन्त्रीमा पठाउने करिव टुंगो लागेको जनाईएको छ । माओवादी केन्द्रले केहीलाई राज्यमन्त्री बनाउने चर्चा समेत चलिरहेको छ । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका दाहालले काँग्रेसले मन्त्रीहरुको नाम नदिएपछि आफ्नो कोटाका मन्त्रीहरुलाई सपथग्रहण गराउने तयारी गरिरहेका छन् ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















