Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

मकवानपुरका चेपाङले सामुहिक रुपमा मनाए न्वागी

IMG_5015-1631076295.JPG


२३ भदौ, हेटौंडा । सिमान्तकृत चेपाङ समुदायले आफनो संस्कृती र  पहिचान जोगाउने उद्धेश्यले मंगलवार मकवानपुरको राक्सिराङको चैनपुरमा सामुहिक रुपमा छोनाम (न्वागी) पर्व मनाएका छन्  । 
विगतमा घर÷घरमा मनाउदै आइएको न्वागी पर्व यो वर्ष भने नेपाल चेपाङ संघले राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा साँस्कृतिक कार्यक्रमसहित न्वागी पर्व मनाएका हुन् । कोरोनाको कारणले गत वर्ष चेपाङहरुले सामुहिक रुपमा न्वागी पर्व मनाएनन् ।  चेपाङ समुदायको सवैभन्दा महत्वपुर्ण र ठुलो धार्मिक पुजा छोनाम (न्वागी) पर्व भदौ २२ गते मनाउने गर्छन । कार्यक्रमको प्रदेश सभा सदस्य एवं पूर्वगृह राज्यमन्त्री ईन्द्रवहादुर बानियाँले मंगलवार वेलुका चेपाङको एक पाखे ढ्याङग्रो ठोकेर उद्घाटन गरेका थिए । पर्वको शुभकामना दिंदै प्रदेश सभा सदस्य वानियाँले भाषा र संस्कृतिले जातजातीहरुको संरक्षण गर्ने वताए । संस्कृति वाचेमात्र जातजातीहरु वाचिरहने उनले तर्क गरे । न्वागी पर्व सम्पन्न गर्नका लागि वानियाँले ५० हजार रुपैंया उपलब्ध गराएका थिए । 
कार्यक्रममा प्रमुख अतिथी वानियाँले चेपाङ भाषा तयार गर्न लागेको फिल्मको शुभमुहर्तमा नरिवल फोडेका थिए । राक्सिराङ गाउँपालिका चेपाङ संघका अध्यक्ष सोमलाल चेपाङको सभापतित्वमा संचालित उक्त कार्यक्रममा प्रदेश सभा सदष्य सन्तवहादुर चेपाङ, गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललगायत चेपाङ समुदायका अगुवाहरुले न्वागी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए । नेपाल चेपाङ संघको सक्रियतामा आयोजना गरिएको न्वागी पर्वमा सहभागी भएका चेपाङलगायत गैर चेपाङहरुलाई चेपाङ समुदायका अगुवा गायक रविन चेपाङले चेपाङ भाषाको गीतले स्वागत गरेका थिए  । मकवानपुर,चितवन र धादिङका अगुवा चेपाङहरुको उक्त कार्यक्रम सहभागीता थियो । अधिकांश चेपाङ अगुवाहरुले न्वागीको दिन सरकारले सार्वजनिक विदा नदिएकोमा चेपाङ समुदायका अगुवाहरुले  आक्रोश पोखेका थिए ।
२०६८ सालको जनगणना अनुसार मुलुकमा ६८ हजार ३ सय ९९ चेपाङको जनसंख्या रहेको छ । मकवानपुरमा ९ हजार ७ सय ७८ पुरुष र ९ हजार ३ सय ७४ महिलासहित १९ हजार १ स ५२ जना चेपाङको वसोवास छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चौघडा बचतको रक्तदान, ३० जनाले दिए रगत
FB_IMG_1713235364802-1713235376.jpg

 ४ बैशाख, हेटौंडा।  हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी सस्थाले रक्तदान कार्यक्रमकाे...

आज चैते दशैं पर्व मनाइँदै
Screenshot_20240416_08105-1713234363.jpg

४ बैशाख, हेटौंडा । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते...

आज हेटौंडा सहित विभिन्न स्थानमा १२ घण्टा विद्युत आपूर्ति नहुने
20201106_083918-163123516-1713232789.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार १२ घण्टा विद्युत आपूर्ति...

मंगलबार प्रदेशभर सार्वजनिक बिदा
Screenshot_20240416_07415-1713232618.jpg

४ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)...

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस
umesh-and-bhim-1713232294.jpg

४ बैशाख, हेटौंडा । नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फ...

नागरिक उन्मुक्ति पार्टीबाट सद‍्भावना पार्टी अलग
Screenshot_20240416_07234-1713231535.jpg

४ बैशाख, हेटौंडा । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संग एकीकरण गरेको नेपाल सद‍्भावना पार्टी अलग भएको छ । गरिएको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1713230738.jpg

४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी ...

३ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य
Petrol-Pump-1713195853.jpg

३ बैशाख, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागु...

अदालतबाट गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र निवेदनको सक्कल प्रति माग
1657346199_uchha-adalat-p-1713190941.jpg

३ बैशाख, काठमाडौं । उच्च अदालत पाटनले गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि...

थप समाचार