तस्विरः सुनिल शिवाकोटी / प्रस्ट खबर
२४ भदौ,हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडाको हुप्राचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज शनिबार पनि ४ खेल सम्पन्न भएका छन् । आज सम्पन्न खेलमा क्रमश बुद्ध युवा क्लब हात्तिसुँडे , कमलादेवी युवा क्लब, छिमेकी स्पोर्टस् क्लब र एफसी इन्टरनेट सिटी बिजयी भएका छन ।
बिहान भएको पहिलो खेलमा बुद्ध युवा क्लब हात्तिसुँडे विजयी बनेको छ । बुद्ध युवा क्लब हात्तिसुँडेले चौघडा फुटबल टिमलाई २–० गोल अन्तरले पाखा लगाएको छ । हात्तिसुँडेका तर्फबाट विजय मोक्तान र नरेश घलानले गोल गरेका थिए ।
त्यसैगरी कमलादेवी युवा क्लब र महावीर क्लव बिच सम्पन्न दोस्रो खेलमा कमलादेवी युवा क्लब विजयी बनेको छ । कमलादेवीले महावीर क्लवलाई १–० गोलले हराएको हो । कमलादेवीको तर्फबाट एकमात्र गोल सुनिल घलानले गरेका थिए । त्यस्तै आजै सम्पन्न छिमेकी स्पोर्टस् क्लब र बुद्धसामाजिक नमूना क्लब बिचको तेस्रो खेलमा बुद्धसामाजिक नमूना क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै छिमेकी स्पोर्टस् क्लबले विजयी हुदै अंक जोडेको छ । छिमेकीलाई विजयी बनाउन प्रकाशमान राईले र रमेश राईले गोल गरेका थिए ।
त्यस्तै आज सम्पन्न एफसी इन्टरनेट सिटी र पशुपति स्पोर्टस् एकेडेमी बिचको अन्तिम खेलमा इन्टरनेट सिटी ३–१ गोलले विजयी भएको छ । निकै प्रतिस्पर्धाका विच भएको खेलमा इन्टरनेटको तर्फबाट रबि थिङ ,बिक्रम बानियाँ र मनोज घलानले क्रमश ६, ४५ र ६२ औँ मिनेटमा बललाई जाली चुमाएका थिए र पशुपतिको तर्फबाट अजय सापकोटाले खेलको ३४ औँ मिनेटमा सान्त्वना गोल गरेका थिए । इन्टरनेट सिटीका डिफेन्डर बिक्रम बानियाँले पशुपतिको प्रहारलाई विफल तुल्याईदिएका थिए भने पशुपतिका गोलरक्षकले विपक्षीको प्रहारलाई रोक्न नसक्दा अंक गुमाउन बाध्य बनेको हो । जित संगै सिटीको अर्को चरणमा पुग्ने संभावना बलियो बनेको छ । ३७ टिमको सहभागिता रहेको प्रतियोगिता असोज ८ गतेसम्म चल्ने छ ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


