Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

बालविवाह न्यूनिकरणसम्बन्धी अभिमुखिकरण सम्पन्न

ddddddddddfa-1631579394.jpg

२९ भदौ, हेटौंडा । बालविवाह न्यूनिकरणमा बालक र पुरुषको भुमिका विषयक अभिमुखिकरण कार्यक्रम सोमबार हेटौंडामा सम्पन्न भएको छ । 
अस्मिता नेपालले आयोजना गरेको कार्यक्रममा पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका, विभिन्न गैरसरकारी संघसंस्था, नागरिक समाज, किशोरी समूहका प्रतिनिधिको सहभागिता रहेको थियो ।
‘बालबालिकाको इच्छा, विवाह होइन शिक्षा’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा मेन इन्गेज एलायन्स नेपालका प्रकाश खतिवडा र अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले सहजिकरण गरेका थिए ।
कार्यक्रममा बालविवाहको बर्तमान स्थिति, बालबिवाह हुनुको कारण तथा असरहरु, बालविवाहबाट हुने शारिरीक र मानसिक समस्याहरु, राष्ट्रिय कानूनी व्यबस्था तथा नीति, बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२, अन्तराष्ट्रिय र क्षेत्रीय प्रतिबद्धता लगायतको विषयमा सहजिकरण गरिएको थियो ।
कार्यक्रममा राक्सिराङ गाउँपालिका वडा नम्वर २ का अध्यक्ष सुर्यबहादुर मोक्तान, वडा नम्वर ३ का अध्यक्ष बाबुलाल स्याङ्तान, अभिभावक समूहका अध्यक्ष चित्रबहादुर थिङ, किशोरी समूहकी अध्यक्ष रामकुमारी प्रजा, नारी संरक्षण केन्द्र मकवानपुरका राम मिजार लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
निर्वाचनमा धोका दिनेलाई ठेगान लगाउने बेला आयोः डीना
242363891_843580169592798-1632402004.jpg

७ असोज, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले कांग्रेसको १४ औं महाधिवेशनमा...

नेकपा (एस) मा ४ उपाध्यक्ष, महासचिवमा भुसाल, सचिवमा झाँक्री
1629448694-FDp4k-1632395396.jpg

७ असोज,हेटौंडा। नेकपा एमाले विभाजित भई बनेको नेकपा (एकिकृत समाजवादी)ले पार्टी पदाधिकारीहरु चयन गरेको छ ।नेकपा...

हेटौंडामा १७५ किलो गाँजा बोकेको ट्रक सहित दुई पक्राउ
FB_IMG_1632392633953-1632393961.jpg

७ असोज,हेटौंडा। मकवानपुरको हेटौंडामा लागुऔषध गाँजा बोकेको ट्रक सहित दुई जना पक्राउ परेका छन।  बिशेष सूचनाको...

बिहीबार नेपालमा १२३९ कोरोना संक्रमित थपिदा १३ जनाको मृत्यु
1620560666_corona-1632393107.jpg

७ असोज,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १२३९ जना कोरोनाका नयाँ विरामी थपिएका छन। स्वास्थ्य तथा जनस्वास्थ्य...

बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि
Prevention-1632388182.jpg

७ असोज,हेटौंडा ।  मंगलबार र बुधबारको तुलनामा बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको...

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त
Photo-Journa-1632377626.jpg

७ असोज, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को अध्यक्षमा पत्रकार प्रदीपराज वन्त चयन भएका छन् ।...

बन्दुकसहित २ चोरी सिकारी पक्राउ
Banduk-1632376843.jpg

७ असोज, काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बझाङ खप्तड...

दाहालको घरमा प्रहरी छापा, १३ जुवाडे पक्राउ
Juwade-1632376609.jpg

७ असोज, काठमाडौं । नेपाल प्रहरीले एक घरमा छापा मारेर बुधबार राति १३ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौँको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1632375837.jpg

७ असोज, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य बिहिबार ५ सय रुपैंया घटेको हो...

थप समाचार
received_4248489671868048-1622949503.gif