Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अन्तर सहकारी कप फुटसल प्रतियोगिता सुरु, सञ्जीवनी, निर्माण उपभोक्ता, नारायणी र प्रतिफल विजयी

Futsal-1505061486.JPG

२५ भदौं, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाको आयोजनामा हेटौंडामा आइतबारबाट अन्तर सहकारी कप फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था, निर्माण उपभोक्ता सहकारी, नारायणी बहुउद्देश्यीय र प्रतिफल सहकारी विजयी भएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा सञ्जीवनीले चिसापानी बचत तथा ऋण सहकारी संस्थालाई ७–१ गोल अन्तरले पराजित गरेको छ । सञ्जीवनीका लागि सञ्जीव श्रेष्ठ एक्लैले ४ गोल गर्न सफल भए । सञ्जीवनीका लागि दीपेन्द्र चौलागाईं, असिम न्यौपाने र दीपेन्द्र ढकालले एक÷एक गोल गरे । चिसापानीका सुरज पौडेलले सान्त्वना गोल गर्न सफल भए । आइतबारको दोश्रो खेलमा निर्माण उपभोक्ताले सुन्दर सहकारीलाई ५–३ गोल अन्तरले पराजित ग¥यो । निर्माणका लागि आशिष मानन्धरले ३, मणी सिन्तानले १ र सन्तोष ढुङगेलले १ गोल गरे भने सुन्दरका लागि सविन न्यौपाने १ र रेशम बस्नेतले २ गोल गरे ।
    आइतबारको तेश्रो खेलमा नारायणी बहुउद्देश्यीयले नवयुवा बचत तथा ऋण सहकारीलाई ८–० गोलअन्तरले पराजित गरेको हो । नारायणीका लागि जितेन्द्र कर्माचार्यले ३, सेन्टो आचार्यले २ गोल गरे भने नवराज बज्राचार्य, नरेन्द्र भण्डारी र महेश अधिकारीले १÷१ गोल गरे । आइतबारको अन्तिम खेलमा आयोजक दिव्यतारा बहुउद्देश्यीय सहकारी प्रतिफल सहकारीसँग ३–१ गोल अन्तरले पराजित भएको छ  । प्रतिफलका लागि सुमन   भुजेल, आयम सुवेदी र गौरव नेपालले गोल गरेका थिए भने दिव्यताराका लागि विक्रम बानियाँले एक मात्रै गोल गरेका थिए । आइतबारको खेलमा विजयी टोली अघिल्लो चरण प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत सोमबार विहान सञ्जीवनी र साइराम सहकारीबीच खेल हुने छ । सोमबार विहान नारायणी सहकारी र प्रतिफल सहकारीबीच खेल हुनेछ भने साँझ निर्माण उपभोक्ताले सञ्जीवनी र साइरामबीचको विजेतासँग खेल्ने छ ।
    यस अघि उद्घाटन समारोहमा सहकारीकर्मीहरु र निजामति कर्मचारीहरुबीच भएको मैत्रीपूर्ण खेलमा निजामति कर्मचारी विजयी भएको छ । निजामति कर्मचारीले सहकारीकर्मीहरुलाई ६–४ गोलअन्तरले पराजित गरेको हो । रेडियो मकवानपुरको व्यवस्थापनमा भएको प्रतियोगिताको उद्घाटन दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष डा. गणेशबल लामाको अध्यक्षता एवम् मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको प्रमुख आतिथ्यतामा भएको थियो ।
उद्घाटन कार्यक्रममा स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकासराज खनाल, हेटौंडा उपमहानगरपालिकाका कार्यकारि अधिकृत कृष्णप्रसाद पाण्डे, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्साल, बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामहरी न्यौपाने, रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीलगायतको आतिथ्यता रहेको थियो । सहकारीको १९ औँ बार्षिक साधारणसभाको अवसरमा मकवानपुरमा पहिलो पटक आयोजना गर्न लागिएको अन्तर सहकारी फुटसल प्रतियोगिताको विजेता टिमले १५ हजार र उपविजेता टिमले १० हजार नगदसहित ट्रफी प्राप्त गर्ने सचिव गणेश भेटवालले जानकारी दिए ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार