Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

छोरी गुमाएर दुःखमा परेका चौलागाईलाई २ लाख बढि आर्थिक सहयोग

Donation-1631978463.jpg

२ असोज, हेटौंडा । छोरी गुमाएर दुःखमा परेका हेटौंडा-६ शान्तिटोलका अर्जुन चौलागाईलाई २ लाख बढि आर्थिक सहयोग जुटेको छ । ऋण गरेर उपचार गराएकी छोरी गुमाएका चौलागाईलाई हेटौंडा-६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला, भीमसेन पौडेल, भरत सापकोटा लगायतको सक्रियतामा २ लाख २० हजार रुपैंया आर्थिक सहयोग जुटेको हो ।

संकलित सहयोग रकम हेटौडा-६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईले दुःखमा परेका चौलागाईलाई घरमै पुगेर हस्तान्तरण गरेका छन् । भदौ २० गते पार्कमा गएको बेला लडेर घाइते भएकी चौलागाईकी ८ बर्षीया छोरी आशिकाको उपचारका क्रममा चितवनको सिएमसी अस्पतालमा मृत्यु भएको थियो । उपचारका क्रममा करिब ३ लाख रुपैंया खर्च भएको थियो । आर्थिक अवस्था कमजोर रहेका चौलागाईलाई छोरी गुमाएको पीडासंगै ऋणको बोझ रहेको जानकारी पाएपछि विभिन्न सामाजिक एवं व्यवसायिक संस्था र सर्वसाधारणबाट रकम संकलन गरिएको थियो । 

सहयोग अभियानमा स्वर्गीय विपि गणेशमान शान्ति पार्कबाट २५ हजार, हेटौंडा-६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, हेटौंडा–१६ का अध्यक्ष रामकृष्ण कोइराला, नेपाली कांग्रेस हेटौंडा–१७ का सभापति नवराज न्यौपाने, मुनलाईट इन्टरनेशनल स्कूल, उत्तमकुमार श्रेष्ठ, कोभिड रेस्पोन्स टिम, पवन तिमल्सिनाबाट जनही १० हजार रुपैंया, राजु गुरुङबाट ७ हजार रुपैंया, हेटौंडा–६ का वडा सदस्य राजकुमार बास्तोलाबाट ५ हजार, रानी सामुदायिक वन समूहबाट ५ हजार रुपैंया उपलव्ध भएको छ । 

अभियानमा विभिन्न क्षेत्रका १ सय २५ जनाले आर्थिक सहयोग गरेको भीमसेन पौडेलले जानकारी दिए ।

20210919_092224-1632033473.jpg
20210919_092217-1632033475.jpg
20210919_092155-1632033502.jpg
20210919_092137-1632033505.jpg

समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1635314000.jpg

१० कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा बुधबार सुन ४०० रुपैंया र...

मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी
245234641_445590498449182-1635312637.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल...

मूख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै
AstaLaxmi-1635308546.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदैछिन् ।...

मउवा संघको बाणिज्य तर्फको मत गणना जारी, अग्रवाल अगाडी
245234641_445590498449182-1635304649.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम...

बारद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग
1586167235-1635301987.jpg

१० कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । बारको...

मउवा संघको उद्योगतर्फ उपाध्यक्षमा रानाभाट विजयी
247733533_443559882650931-1635298373.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोद...

मउवा संघको उद्योग तर्फको मत गणना जारी, रानाभाट अगाडी
83097507_2665205140215363-1635294715.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचन मत परिणाम आउने...

मकवानपुर उद्योग वाणिज्य संघ मतगणना: एसोसियट उपाध्यक्षमा चौलागाई निर्वाचित
Screenshot_20211026-23492-1635271601.jpg

९ कार्तिक,हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको  एशोसियट तर्फको उपाध्यक्षमा उज्जवल चौलागाई निर्वाचित भएका...

मकवानपुर उद्योग वाणिज्य संघको मतगणना: वस्तुगत उपाध्यक्षमा राजु अधिकारी विजयी
Raju-ad-1635267719.jpg

९ कार्तिक,हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको आज सम्पन्न मतदान प्रकृयाको मतगणना  सुरु भइसकेको...

थप समाचार
received_4248489671868048-1622949503.gif