Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

सोह्र श्राद्ध र यसको महत्व

pitru-pa-1632190086.jpg

फाइल तस्विर

श्रीमदभागवत गीताको १२ औं अध्याय अन्तर्गतको विसौं श्लोक अनुसार श्रद्धा भनेको वेद, शास्त्र, महात्मा र गुरुहरुको र अनि परमेश्वरका वचनमा प्रत्यक्ष र सदृश्य विश्वास गर्नु हो भनी सो ग्रन्थको प्रकाशक बाबु माधवप्रसाद शर्मा बताउनुहुन्छ । सोही ग्रन्थको १७ औं अध्यायको दोस्रो श्लोकको स्वभावजा श्रद्दा शब्दलाई व्यख्या गर्दै शाकार विद्वत शिरोमणी पण्डित कुलचन्द्र गौतमले आफ्नो पुस्तकको पेज नं. ३४२ मा श्राद्ध भनेको श्रद्धाले गरिने पिण्डदानादी पितृकर्म हो भनी उल्लेख गरेको पाइन्छ । यसैको आधारमा श्राद्ध भन्नाले शास्त्रीय वचनअनुसार पितृहरुलाई श्रद्धा गरी दिइने पिण्ड,तर्पण आदी कार्यलाई सम्झनु पर्दछ ।

विभिन्न पुराण र आन्हिक सुत्रावलीमा धेरै प्रकारका श्राद्दहरुलाई उल्लेख गरेको पाइन्छ । जसमध्ये सोह्र श्राद्धका नामले चिनिने पार्वण (महालय) श्राद्ध एक महत्त्वपूर्ण श्राद्ध हो । पर्वहरुको पूर्वसन्ध्यामा गरिने भएकाले यसलाई पार्वण श्राद्ध भनिएको हो । पार्वण श्राद्ध भन्नाले आमावश्याआदी पर्वमा गर्नुपर्ने श्राद्ध भनी संस्कृत नेपाली शब्दकोषको पेज नं. १९२ मा उल्लेख छ । त्यस्तै, पर्वणम् भन्नाले पर्वके अवसरपर (आमावस्याकेदिन) सभी पितृओ के निमित्त आहुती देनेका सामन्य संस्कार भनी संस्कृत हिन्दी शब्दकोशको पेज नं. ६०९ मा उल्लेख छ । त्यस्तै, महालय भन्नाले ठूलो घर, आश्विनमासको कृष्ण पक्ष भनी संस्कृत नेपाली शब्दकोशको पेज नं. २५४ मा उल्लेख छ । त्यस्तै, माहालय पक्ष भन्नाले माघ और पौषमासको पुन्नित पितृपक्ष, आलयमा वश्या भन्नाले ओह आमावश्या जिससे महालय पक्ष आरम्भ होता है भनी संस्कृत हिन्दी शब्दकोशको पेज नं. १११७ मा उल्लेख छ ।

चन्द्रमान(अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो। कसैकसैले सोह्र दिनको गणना गर्दा आश्व्वीन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन्। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ । आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्दछन् । एक पक्षमा १५ दिन हुन्छ तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको भन्ने जिज्ञासा उठन सक्छ। खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औंसीसम्म १५ दिन र भाद्र शुक्ल पूणिर्माको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो। कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ।पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन्। केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ।

प्रमुख तिथिहरू

आश्विन कृष्णपक्ष पञ्चमी श्राद्ध- यस तिथिमा ती परिजनहरूको श्राद्ध गर्नु महत्त्वपूर्ण मानिन्छ जसको मृत्यु अविवाहित स्थितिमा भएको छ। यसलाई कुमार पञ्चमी पनि भन्दछन्।

आश्वीन कृष्णपक्ष नवमी श्राद्ध – यो तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ। त्यसैले यसलाई मातृनवमी भन्दछन्। यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवङ्गत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ।

आश्विन कृष्णपक्ष एकादशी एवं द्वादशी श्राद्ध – यस तिथिका दिन परिवारका ती व्यक्तिहरूको श्राद्ध गर्ने विधान छ जसले संन्यास लिएको छ।

आश्वीन कृष्णपक्ष चतुर्दशी श्राद्ध- यो तिथि ती परिजनहरूको श्राद्धका लागि उपयुक्त छ जसको अकाल मृत्यु भएको छ, जस्तै- दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्वारा मृत्यु आदि।

आश्वीन कृष्णपक्ष अमावस्या – कुनै कारणले पितृपक्षका सबै तिथिमा पितृहरूको श्राद्ध सम्पादन गर्न विघ्न परेमा अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको अवस्थामा यस तिथिमा सबै पितृहरूको श्राद्ध गर्न सकिन्छ। यस दिन श्राद्ध गर्नाले कुलका सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता पनि छ।

आश्वीन कृष्णपक्ष शुक्ल प्रतिपदा-यो तिथि मावली बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ। यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ र यसबाट घरमा सुख-समृद्धिको प्राप्ति पनि हुन्छ।

महाभारत कालीन समयमा भिष्म पितामहले आफ्ना बाबू सन्तनु महाराजलाई पिण्डदान गर्दा हातमा नदिइ पिण्ड सेलाएको मान्यताको आधारमा कलि युगमा देवता र पितृहरु प्रत्यक्ष नदेखिने हुँदा पिण्डबाट पितृतृप्त होउन भनि पिण्ड सेलाउने परम्परा छ । यस समयमा बाबुआमा(पितृ) परलोक भएका सन्ततिहरुले सोह्रै दिन पिण्डदान आदि गर्नुपर्ने मान्यता भएपनि बाबुआमा परलोक भएको निश्चित तिथिका दिन एक दिनमात्र श्राद्ध गर्ने चलन छ । बाबुआमा दुबै परलोक भएको अवस्थामा बाबुको तिथिको दिनमा नै श्राद्ध गर्ने चलन छ तर आमा मात्र परलोक भइ बुवा जिवित भएको अवस्थामा मातृ नवमिको दिनमा श्राद्ध गर्ने चलन छ । कहिँ कतै बुवाले हजुर बुवाको श्राद्ध गर्ने दिनमा सम्मिलित भइ आमाको श्राद्ध गर्ने चलन पनि छ ।

यसरी पिण्ड दान कार्यमा पिण्ड पकाउदा गाईको दुध प्रयोग गर्ने चलन छ । यदि, गाईको दुध अपुग भएमा भैंसीको दुध पनि मिसाउने चलन पनि छ । यस विषयका जानकारहरु भैसीको दुध प्रयोग गर्न नहुने बताउदै गाईको घ्यू राखी पिण्ड पकाउन उपयुक्त हुने कुरा बताउनु हुन्छ ।

पितृकार्य अर्थात श्राद्धको अघिल्लो दिनलाई एक छाके भनिन्छ । सो दिनमा श्राद्ध गर्ने कर्ताले (पुरुषले) दारि, कपाल काटी एक छाक खाई शुद्ध हुने चलन छ । श्राद्ध गर्ने ठाउँ समेत शुद्ध हुनुपर्छ । हात्ती, घोडा आदि जनावर बसेको ठाउँ, खनजोत गरिएको ठाउँ र अर्काको घर श्राद्धको लागि उपयुक्त हुदैनन् भन्ने परम्परा छ । तर, आजभोलि बहालमा बसेको घरलाई समेत आफ्नै घरसरह मान्ने गरिएको छ । काग, गिद्दको दृष्टि नपुग्ने, घरपालुवा कुकुर आदि जनावरको पहुँच नभएको र प्राङ्गण भएको ठाउँ श्राद्ध कार्य गर्न उपयुक्त मानिन्छ । कहि कतै श्राद्ध कार्यमा बालिएको दियोको प्रकाशले मात्रै उज्यालो हुने ठाउँमा श्राद्ध कार्य सम्पन्न गर्ने गरेको पाइन्छ । श्राद्धकर्ता पूर्व वा दक्षिण फर्केर श्राद्ध गर्ने चलन छ । घरको दक्षिण वा अन्य उपयुक्त ठाउँमा श्राद्ध सम्पन्न हुन्छन् । श्राद्ध गर्ने ठाउँ नजिकै घन, झ्याम्फल, कुटो, कोदालो, काटी जस्ता फलामयुक्त सामानहरु राख्नु हुँदैन । यस्ता सामान यमराज अर्थात यमदण्डको प्रतिक भएकाले यिनलाई देखेमा पितृहरु डराइ भाग्छन्, प्रवेश गर्दैनन् भन्ने विश्वास छ ।

हाम्रा पौराणिक शास्त्रअनुसार मृत व्यक्तिहरु मृत्यु भएको एक वर्षसम्म प्रेत मार्गमा रहन्छन् अर्थात् पितृ बनिसकेका हुँदैनन् भन्ने मान्यता छ । पितृहरु मोक्ष वा आ–आफ्नो कर्मको परिणाम स्वरुप विभिन्न ठाउँमा पुगि दुखसुख भोगीरहेका हुन्छन् भन्ने मान्यता रही आएको छ । जसअनुसार कोही पितृहरु स्वर्ग वा पितृलोक जस्ता ठाउँमा पुगेका हुन्छन्, र उनीहरुलाई कुनै कष्ट भोग्नु पर्दैन भने केहि पितृहरु निच योनिमा जन्मेका, कुनै देहधारण गर्न नसक्ने भई वायु बनेर भौतारी रहेका वा विभिन्न नरकमा परि दुख पाइरहेका पनि हुन सक्छन् भन्ने बुझाइ छ ।

पहिलेपहिले सोह्रश्राद्धका सोह्रै दिन श्राद्ध गर्ने प्रचलन थियो । तर अहिले सोह्रश्राद्धको कुनै एउटा दिन श्राद्ध गर्ने र बाँकी दिनहरूमा अन्य श्राद्धमा एकछाकीका दिन बारे सरह चोखोनीतो गरेर बस्ने गरिन्छ । सोह्रश्राद्ध व्यक्ति विशेषको श्राद्ध होइन, यो सबै मृतपितृहरूको साझा श्राद्ध हो । त्यसैले यसलाई एेच्छिक रूपमा जुन तिथिका दिन सहज पर्छ, त्यसै दिन श्राद्ध गर्न सकिने श्राद्ध भन्दा अत्युक्ति हुँदैन । तर सामान्यतया व्यक्तिले स्वत्व खोज्ने प्रवृत्ति भएकाले आफ्ना मृतपितृको तिथि समाती श्राद्ध गर्ने परिपाटी प्रचलनमा छ । तर स्वेच्छाले तिथि रोज्नुको अर्थ यस पटक एउटा र अर्को पटक अर्को तिथि रोज्नु हुँदैन । सुरुमा जुन तिथि समात्यो जुठो, सूतक वा छोइछिटोले बाधा नपारे त्यही तिथिमा वर्षैपिच्छे श्राद्ध गर्नुपर्छ । आमरूपमा नेपाली परिवेशमा सोह्रश्राद्ध गर्दा पिता (बाबु), पितामह (बाजे) वा प्रपितामह (बराजु) मध्ये कुनै एक जनाको तिथि समाती वर्षेनी उक्त दिन श्राद्ध गर्नु राम्रो हुन्छ । तर जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनीहरूले पनि यस पक्षको पञ्चमी, अष्टमी, द्वादशी वा अमावस्या तिथिका दिन श्राद्ध गर्ने चलन छ ।

यस प्रकार सम्पूर्ण चराचर जगत जहाँ पनि आफ्ना पितृहरु रहेका हुन सक्छन् भन्ने धारणा राख्दै तिनलाई रसद पानी पुर्याउने तिथि नै श्राद्ध हो । यस पितृकार्य गरी दिइएको पिण्ड तर्पण उनिहरुको भोजनमा परिणत भइ पितृहरुले पाउँछन् भन्ने मान्यता छ । अझै यस अवसरमा विभिन्न ठाउँमा भौतारी रहेका पितृहरुलाई आ–आफ्नो ठाउँमा गइ पिण्ड पानी ग्रहण गर भनी यमराजले छुट्टीसमेत दिन्छन् भन्ने मान्यता पनि छ ।

यसरी आएका पितृहरुले ब्राम्हणलाई भोजन गराइ पिण्ड तर्पण आदी कार्य गरेको खण्डमा खुशी भइ आफ्ना सन्ततीहरुलाई आशीर्वाद दिन्छन् भन्ने मान्यता छ । यदी यस्तो कार्य मंसिर सक्रान्तीसम्म पनि नभएमा अँध्यारो मुख लगाउदै दुखी भइलामो स्वास फेर्दै (निश्वासभइ) आ–आफ्नो ठाउँमा फर्कन्छन् भन्ने कुरा विभिन्न कथा र पुराणका प्रसङ्गहरुमा पाइन्छ । श्राद्धको दिन गीताशास्त्र पढ्यो भने पितृ खुशी हुने कुरा पनि गीता माहात्मामा उल्लेख छ।

श्राद्धको समयमा शुद्ध हुनु, नहडबडाउनु र हासी खुसी रहनु श्राद्ध कार्यमा उपस्थित ब्राह्मणलाई खुवाइ पियाइ सन्तुष्ट दिलाउनु पनि श्राद्ध कार्यको मर्यादा भित्रै रहन्छ । श्राद्ध गर्ने समय सोह्र घडि कटाएर गर्ने चलन छ । श्राद्धका समयमा तिल, कुश, गंगाजल, मह आदि सामग्री र छोरीको छोरा नातीको उपस्थिती महत्वपुर्ण मानिन्छ । तिल कुश आदि देखेपछी असुरदानवी प्रवृत्तिहरुको उपस्थिति हुन सक्दैन भन्ने मान्यता छ । पितृ विसर्जन गर्नु अघि दियो छोपि दिनु अथवा निभाउने चलन छ ।

श्राद्ध सकिएपछि बाँडिने पितृप्रसाद आमन्त्रण गरिएका सबैलाई वितरण गर्नु पर्दछ, तर पिण्डमा चढाइएको पितृप्रसाद श्राद्धाधिकार पाएको सपिण्डीभित्रको दाजुभाइ र बन्धुबान्धवले मिलेर ग्रहण गर्नुपर्दछ । उक्त प्रसाद एउटै गोत्रभित्रका सगोत्री दाजुभाइलाई दिए पनि हुन्छ, तर अन्य गोत्रका व्यक्तिहरूले ग्रहण गर्न निषेध गरिएको पाइन्छ । सोह्र श्राद्ध र अन्य श्राद्धको समयमा माथिका नियमलाई पालना नगरेमा मृतपितृहरू रिसाउने र सन्ततिका घरमा अशुभ र अशान्तिले वास गर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । तर विधिवत नियम र निष्ठाका साथमा पितृकर्म गरेमा तिनको सदाशय र आशिर्वादले धेरै फल प्राप्त गर्न सकिन्छ । भनिएको पनि छ :-

आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च । प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिताः॥

साभारः एजुकेशनपाटी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार