Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मानव सेवा आश्रमको प्रगति सार्वजनिक

Manab-Sewa-Ashram1-1505218748.jpg

२७ भदौ, हेटौँडा । सडकमा अलपत्र अवस्थामा रहेकाहरुलाई उद्धार गरी आश्रय दिंदै आएको मानव सेवा आश्रम हेटौँडाले मंगलबार आफ्नो बार्षिक प्रगतिबारे जानकारी गराएको छ । आश्रमले आर्थिक बर्ष ०७३/७४ को आर्थिक प्रगति एवं गतिविधिबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । 

कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारीले आश्रममा हाल ६० महिला र ४० पुरुष गरी एक सय जनाले आश्रय लिईरहेको जानकारी दिए । उनका अनुसार आश्रमले एक बर्षमा एक सय ५ जनालाई उद्धार, २१ जनालाई पारिवारिक पुर्नमिलन गराएको छ भने आश्रममा आश्रित १७ जनाको मृत्यु भएको छ । आश्रमले सकारात्मक काम गरे बापत विभिन्न राष्ट्रिय पुरस्कार पाउनुका साथै भवन निर्माणका लागि मह जात्रा गरी ५० लाख रुपैँया आर्थिक संकलन गरेको अध्यक्ष अधिकारीले बताए । 

कार्यक्रममा आश्रमका लेखापाल चक्रप्रसाद जोशीले आव ०७३/०७४ मा आय एक करोड ६८ लाख १६ हजार ३ सय ३६ रुपैँया र व्यय १ करोड ६९ लाख ३७ हजार ९ सय ६९ रुपैंया रहेको जानकारी दिए । कार्यक्रममा आश्रमको भवन निर्माण उपभोक्ता समितिका संयोजक ताराप्रसाद लामिछानेले भवन निर्माणतर्फ हिसाव सार्वजनिक गर्दै आय ८८ लाख १२ हजार २ सय ३३, व्यय ८८ लाख ५८ हजार ५ सय ५७, पेश्की तथा उठ्न बाँकी १ लाख ३ हजार ५ सय र बैंक मौज्दात ४ लाख ५७ हजार ५ सय ४ रुपैँया रहेको जानकारी दिएका थिए । 

कार्यक्रममा आश्रमका अभिभावक प्रकाश पौडेल, संयोजक होमनाथ तिमल्सिना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार