Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरको १० वटै पालिकाको अधिवेशन सम्पन्न

14753930_208255609596018_-1632633316.jpg

१० असोज, हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिवार मकवानपुरको १० वटै पालिकामा नयाँ नेतृत्व चयन गर्दै पालिकास्तरिय  अधिवेशन सम्पन्न भएको छ । 
मकवानपुरको १० वटै स्थानीय तहमा शान्त वातावरणमा अधिवेशन तथा निर्वाचन कार्यक्रम सम्पन्न भएको कांग्रेस मकवानपुरले जनाएको छ । अधिवेशानबाट बकैया गाउँपालिका र ईन्द्रसरोवर गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको कांग्रेसले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकासहित बाँकी गाउँपालिकामा निर्वाचन प्रकृयाबाट नयाँ कार्यसमिति निर्वाचन गरेको छ । 
जिल्लाका १०२ वटा वडाबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधि र सभापतिहरुले पालिकाको नयाँ कार्य समितिको चयनका लागी निर्वाचन प्रकृयामा भाग लिएका थिए ।
कांग्रेसको हेटौंडा नगरमा सभापतिमा उत्सव इटेनी 
नेपाली कांग्रेस हेटौंडा नगर सभापतिमा उत्सव इटेनी विजयी भएका छन् । शनिबार सम्पन्न हेटौंडा उपमहानगरको अधिवेशनले हेटौंडा नगर सभापतिमा इटेनीलाई निर्वाचित गरेको हो । 
उनले सभापतिका अर्का उम्मेदवार महेन्द्र राउतलाई १५२ मत अन्तरले पराजित गरेका हुन् । नगर सभापतिमा विजयी उत्सव इटेनीले २८४ मत प्राप्त गर्दा अर्का उम्मेदवार महेन्द्र राउतले १३२ मत प्राप्त गरे । यसैगरी उपसभापतिमा डोल्मा स्याङ्बोले २५७ र रामकृष्ण  कोइरालाले ३०० मत प्राप्त गरी विजयी भए । उपसभापतिका प्रत्यासी ज्योती कोइराला १२६ र शेशन गोले ९३ मत प्राप्त गरे ।
यसैगरी सचिवमा कुमार पोखरेलले १६३ गंगा प्रसाद पौडेलले ११० मत, सविन न्यौपानेले २९७ मत  र हर्क रत्नलामाले २२२ मत प्राप्त गरेका छन् ।  २९७ मत र २२२ मत प्राप्त गरी न्यौपाने र लामा सचिव पदमा निर्वाचित भए ।
यस्तै सहसचिवमा अञ्जनी पराजुलीले १५७ मत, निगम श्रेष्ठले २५८ मत विकास बानियाँले २६५ मत र राजकुमार जोशीले ८४ मत प्राप्त गरेका छन । इटेनी प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठ र बानियाँ सहसचिव पदमा निर्वाचित भएका हुन । ४२३ क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने नगर अधिवेशनमा ४२१ मत मात्र खसेको थियो ।
थाहा नगर समितिको सभापतिमा प्रमोद जोशी  
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगर समितिको सभापतिमा प्रमोद जोशी निर्वाचित भएका छन् । जोशीले १ सय ९ मत ल्याई निर्वाचित भएका हुन् । उहाँको निकटतम प्रतिद्वन्द्वी भरत गोपालीले ८१ मत प्राप्त गरे । नगरसमितिको २ उपाध्यक्ष पदमा  नवराज कार्की र उद्धब लामिछाने निर्वाचित भएका छन् । कार्कीले १ सय १४ र लामिछानेले १ सय २ मत प्राप्त गरे । उपाध्यक्ष कै अर्का उम्मेदवार सोम प्रसाद गर्तौलाले ८९ मत प्राप्त गरेका छन् । 
यसैगरी २ सचिब पदमा भिमसेन मोक्तान र कर्ण बहादुर गोपाली निर्वाचित भएका छन् । मोक्तानले १ सय १२ र गोपालीले १सय ४ मत प्राप्त गरे ।  सचिब पदकै उम्मेदवार बिन्दुलाल थिङले ८४ र शशि कुमार दोङ ले ५६ मत प्राप्त गरेका थिए । 
२ जना सहसचिव पदमा सत्यदेवी स्याङतान र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । स्याङ्तानले १ सय ६५ र श्रेष्ठले ९५ मत प्राप्त गरेका थिए । सहसचिव पदकै उम्मेवार ध्रुब कुमार भट्टले ४६ र रामचन्द्र भोम्जनले ४७ मत प्राप्त गरेका थिए । थाहा नगर समितिका लागि ५३ जना सदस्यहरुमा सबै सर्वसम्मत निर्वाचित भएका छन् । 
बकैया गाउँपालिकामा दिलबहादुर भोम्जन
कांग्रेसको बकैया गाउँपालिका सभापतिमा दिलबहादुर भोम्जन सर्वसहमत चयन भएका छन् । सभापति पदमा ४ जनाको दावी रहेकोमा अन्तिममा सहमति जुटेको थियो । 
कांग्रेस उपसभापतिमा सोम तिमल्सिना र लोकेन्द्र माझी, सचिवमा बलराम दुलाल र सुनिल दर्लामी, सहसचिवमा कमल घले र युवराज थापा तथा कोषाध्यक्षमा निर्मला राई सर्वसम्मत चयन भएका छन् । बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालसहितका कांग्रेस नेताहरुको प्रयासपछि ६० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।
ईन्द्रसरोवर गाउँपालिकामा विश्व लामा
कांग्रेसको ईन्द्रसरोवर गाउँपालिका सभापतिमा विश्व लामा चयन भएका छन् । उपसभापतिमा कृष्णबहादुर भोम्जन र किशोर बस्ताकोटी, सचिवमा कृष्ण महर्जन र अर्जुन बानियाँ तथा सहसचिवमा वसन्ती स्याङ्तान र सूर्य पाख्रीन चयन भएका छन् । 
अधिवेशनले ३२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । स्थानीय तहको निर्वाचन नजिकिँदै गएको अवस्थालाई मध्यनजर गर्दै कांग्रेस नेताहरुले अधिवेशन अघि नै सहमतिको प्रयास गरेका थिए ।
मनहरी गाउँपालिकामा प्रकाश बर्तौला
मनहरी गाउँपालिकामा भने निर्वाचन मार्फत प्रकाश बर्तौला निर्वाचित भएका छन् । सभापतिका उम्मेदवार शंकर न्यौपानेलाई हराउँदै बर्तौला निर्वाचित भएका हुन् । बर्तौलाले ८२ मत प्राप्त गर्दा न्यौपानेले ६१ मत ल्याएका थिए । १८ मत बदर भएको थियो । 
बाँकी पद भने सर्वसम्मतिमा टुंगिएको हो । उपसभापतिमा सूर्यबहादुर रोक्का, उत्तमबहादुर थापा (राजु), सचिवमा अनन्तप्रकाश अर्याल र हरिचन्द्र शाही ठकुरी, सहसचिवमा चट्टान स्याङ्तान र गंगा कोइराला सर्वसम्मत चयन भएका छन् ।
भीमफेदी गाउँपालिकामा सञ्जिव श्रेष्ठ
भीमफेदी गाउँपालिकामा सञ्जिव श्रेष्ठ निर्वाचित भएका छन् । सभापति पदका अर्का उम्मेदवार नारायण थापालाई १८ मतले हराउँदै श्रेष्ठ पालिका सभापतिमा निर्वाचित भएका हुन् । श्रेष्ठले ८६ मत प्राप्त गर्दा थापाले ६८ मत पाएका थिए । २ मत बदर भएको थियो । 
यस्तै उपसभापतिमा रुद्र वाइबा र जब्बरसिंह लामा, सचिवमा सुमित्रा थिङ र सुन्दर गोले, सहसचिवमा सुमित्रा नेगी र मन्जु भोलन तथा कोषाध्यक्षमा हरि लामा सर्वसम्मत चयन भएका छन् । भीमफेदीमा सभापति पदमा मात्रै निर्वाचन भएको थियो ।
मकवानपुरगढी गाउँपालिकामा राजबीर मोक्तान
नेपाली कांग्रेसको मकवानपुरगढी गाउँपालिकामा राजबीर मोक्तान निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार अर्जुनप्रसाद दाहाललाई ३७ मत अन्तरले पराजित गर्दै मोक्तान निर्वाचित भएका हुन् । मोक्तानले ८७ मत प्राप्त गर्दा दाहालले ५० मत मात्रै प्राप्त गरेका थिए । 
यस्तै उपसभापतिमा सुशीला फुयाँल र थलनाथ घिमिरे निर्वाचित भएका छन् । फुयाँलले १०१ र घिमिरेले ९० मत ल्याएका थिए । उपसभापति पदका अर्का उम्मेदवार मन्दिरा केसीले ६६ मत ल्याइन् । 
पालिकाको सचिवमा आइतसिंह लो र प्रतिमान रुम्बा तथा सहसचिवमा राजेन्द्र लम्साल र रामप्रसाद चौरेल भने सर्वसम्मत रुपमा चयन भएका छन् । १३८ मत रहेको मकवानपुरगढी गाउँपालिकामा १३७ मत खसेको थियो ।
बागमती गाउँपालिकामा फणिन्द्र तिमल्सिना
कांग्रेसको बागमती गाउँपालिका सभापतिमा फणिन्द्र तिमल्सिना निर्वाचित भएका छन् । सभापतिका उम्मेदवार डिल्लीप्रसाद घोरासैनीलाई १६ मतले पराजित गर्दै तिमल्सिना निर्वाचित भएका हुन् । तिमल्सिनाले ७७ र घोरासैनीले ६१ मत प्राप्त गरे । 
यस्तै उपसभापतिमा जगतबहादुर भोलन र मंगलबहादुर वाइबा निर्वाचित भएका छन् । भोलनले ७९ र वाइबाले ७७ मत प्राप्त गर्दा उपसभापति पदका अर्का उम्मेदवार शम्भु राईले ६८ मत प्राप्त गरे । 
यस्तै सचिवमा सुदिप पाख्रिन र सिरिप राई विजयी भएका छन् । पाख्रीनले १०० र राईले ४० मत प्राप्त गर्दा सचिव पदका उम्मेदवारहरु लोकबहादुर विकले ३८, मणिराज राईले ३८ र रामबहादुर आलेले २२ मत प्राप्त गरे । सहसचिवमा धनमाया ठाडा र बीरबहादुर थोकर सर्वसहमत चयन भएका छन् । १५१ जना मतदाता सङ्ख्या रहेको बागमती गाउँपालिकामा १३७ मत खसेको थियो ।
कैलाश गाउँपाकिलामा राजेन्द्र घिसिङ
कांग्रेस कैलाश गाउँपालिका सभापतिमा राजेन्द्र घिसिङ भारी मतसहित निर्वाचित भएका छन् । सभापतिका उम्मेदवार गुणराज स्याङ्तानलाई ११२ मत अन्तरले पराजित गर्दै घिसिङ निर्वाचित भएका हुन् । घिसिङले १३७ मत प्राप्त गर्दा स्याङ्तानले जम्मा २५ मत प्राप्त गरे । 
उपसभापतिमा मानबहादुर वाइबा र कामीसिंह स्याङ्तान विजयी भएका छन् । वाइबाले १३२ र स्याङ्तानले ११६ मत प्राप्त गर्दा उपसभापतिकै उम्मेदवारहरु जीवन लोप्चनले ४० र श्यामबहादुर वाइबाले २४ मत प्राप्त गरे । 
सचिवमा आशिष प्रजा र प्रकाश राना मगर विजयी भए । प्रजाले १२२ र मगरले ११२ मत प्राप्त गर्दा सचिवका उम्मेदवारहरु तेजबहादुर ब्लोनले ४४ र चन्द्रलाल थिङले ३६ मत प्राप्त गरे । 
कांग्रेस कैलाश सहसचिवमा विश्वनाथ थापा र देवचन्द्र प्रजा निर्वाचित भए । थापाले ११२ र प्रजाले १०० मत प्राप्त गर्दा सचिव पदका अर्का उम्मेदवार क्षेत्रबहादुर प्रजाले ५० मत प्राप्त गरे । १८४ जना मतदाता संख्या रहेको कैलाश गाउँपालिकामा १७८ मत खसेको थियो । 
राक्सिराङ गाउँपालिकामा बिरेन्द्र जिम्बा
नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका १४ अधिबेशन बाट सभापति बिरेन्द्र जिम्बा निर्वाचित भएका छन् । जिम्बाले सभापतिको अर्का प्रत्यासी विरेन्द्र कुमार थिङलाई १० मतले पछिपार्दै विजयी भएका हुन् । जिम्बाले ८१ र थिङले ७१ मत प्राप्त गरेका छन् ।
यस्तैगरी उपसभापतिमा मोहन नगरकोटी र बुद्ध राम मोक्तान, सचीवमा कोपिला गोले र महेश प्रजा तथा सह सचीवमा ज्ञान बहादुर ब्लोन र बिपि माया मोक्तान निर्वाचित भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार