हरि हुमागाँई
३१ साउन, हेटौडा । मकवानपुर प्रहरीले विभिन्न अपराधमा संलग्न भएको अभियोगमा ८ सय ३३ जनालाई एक बर्षको अबधिमा पक्राउ गरेको छ । आर्थिक बर्ष २०७२÷०७३ मा एक बर्षमा अपराधमा संलग्नलाई पक्राउ गरेर मुद्धा समेत चलाएको हो । मकवानपुरमा सबैभन्दा बढी सार्वजनिक अपराध र लागूऔषध ओसार पसारमा मुद्धा बढि चलाईएको छ । बितेको आवमा ६ सय ८९ वटा मुद्धा चलाएर ३ सय ७ वटा मुद्धाको फर्छौट समेत गरिएको छ ।
अपराधमा संलग्न सबैभन्दा बढी पुरुष ७ सय ६५ जनालाई पक्राउ गरिएको छ भने २९ जना महिलालाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिईन् । बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै चौधरीले बिभिन्न मुद्धामा फरार रहेका एक सय ४९ जना पुरुष र ३९ महिलालाई पक्राउ समेत गरिएको छ । सबैभन्दा बढी सार्बजनिक अपराधमा मात्र प्रहरीले ३ सय जना पुरुष र ५ जना महिलालाई पक्राउ गरेको थियो । सार्बजनिक अपराधमा संलग्न ७५ जना फरार मध्येमा २५ जना पक्राउ गरिएको र अब ५० जना बाँकी रहेको बताइएको छ । सार्बजनिक अपराधमा मात्र बितेको बर्ष एक सय ५२ वटा सार्बजनिक मुद्धा चलाइएको थियो । त्यस मध्यमा एक सय २६ वटा मुद्धाको फच्यौट भएको छ भने अब २६ वटा मुद्धा मात्र फर्छौट हुन बाँकी रहेको छ ।
यसैगरी सार्बजनिक अपराधपछी मकवानपुरमा लागूऔषध ओसार पसार गर्नेहरु धेरै पक्राउ परेका छन् । लागूऔषध ओसार पसारमा २ सय २८ जना पुरुषलाई पक्राउ गरिएको छ । त्यसैगरी १० जना महिला पनि यसमा पक्राउ परेका छन् । फरार रहेका ११ जना पुरुष मध्यमा ५ जना पक्राउ गरिएको उनले बताईन् । लागूऔषधका सम्बन्धमा बितेको बर्ष एक सय ५७ वटा मुद्धा दर्ता भएको थियो । धेरैजसो लागूऔषध हेटौडा १७ रातोमाटे, बसपार्क, भैसे, बजार क्षेत्र लगायतका क्षेत्रबाट बरामद गरेर मानिस पक्राउ पर्दै आएका छन् । एक सय ५७ वटा मुद्धा मध्यमा एक सय एक वटा मुद्धाको फर्छौट गरिएको छ भने अब ५६ वटा मुद्धाको बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले बितेको आर्थिक बर्षमा कर्तब्य ज्यानमा ८ वटा मुद्धामा ३ जना महिला सहित १५ जनालाई पक्राउ गरेको छ । ज्यानमार्ने उद्योगमा १६ वटा मुद्धामा २० जना पुरुषलाई पक्राउ गरेको छ । मकवानपुरमा चोरीमा बितेको आर्थिक बर्षमा ४१ व्टा मुद्धामा ५८ जनालाई पक्राउ गरेको छ । जुवा सम्बन्धी मुद्धामा प्रहरीले ७ वटा मुद्धामा ३५ जनालाई पक्राउ गरेको छ । त्यसैगरी जबरजस्तीकरणीमा १७ वटा मुद्धामा १८ जनालाई पक्राउ गरिएको छ । जबरजस्ती करणी उद्योगमा १२ वटा मुद्धामा ९ जनालाई पक्राउ गरिएको छ । अरु ६ जना फरार रहेको प्रहरीले जनाएको छ । त्यसैगरी सवारी दुर्घटना सम्बन्धी ३६ वटा मुद्धामा ३४ जना पक्राउ गरिएको र २ जना फरार रहेका छन् । अपहरणमा एउटा मुद्धामा पाँचजना पक्राउ परेका छन् ।
त्यसैगरी हातहतियार तथा खरखजनामा १० वटा मुद्धामा १४ जना पक्राउ परेका छन् भने अरु ४ जना फरार रहेको प्रहरी उपरिक्षक चौधरीले जानकारी दिईन् । यस जिल्लामा ठगीका सम्बन्धमा ८ वटा मुद्धा मात्र चलेको र २ जना महिला सहित १२ जनालाई पक्राउ गरिएको छ । यसैगरी बहुबिवाहमा १२ वटा मुद्धा चलेकोमा १५ जना पुरुष र ५ जना महिला पक्राउ परेका छन् । जिल्ला प्रहरीमा सबैधन्दा बढी चैत महिलामा ८८ वटा मुद्धा चलेको थियो । बर्षभरीमा यो महिनामा बढी अपराधका घटना भएको प्रहरीको रेकर्ड छ । प्रहरीले बितेको साउनमा ६२ वटा, भदौमा ५१ वटा, असोजमा ३४ वटा, कार्तिकमा ४९ वटा, मंसिरमा ५३ वटा, पुसमा ४५ वटा, माघमा ५० वटा, फागुनमा ५१ वटा, चैतमा ८८ वटा, बैशाखमा ५७ वटा, जेठमा ७३ वटा र असारमा ७६ वटा मुद्धा दर्ता गरिएको छ । सबैभन्दा बढी चैत महिनामा एक सय २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार असार महिनामा ९५ जनालाई पक्राउ गरिएको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















