Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

राष्ट्रिय भलिवलमा ९ टिम सहभागी हुने

Khelkud-1505303285.jpg

२८ भदौ, हेटौँडा । हेटौँडामा भदौ ३० गतेदेखि हुन लागेको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारीबारे बुधबार आयोजकले जानकारी दिएको छ । जिल्ला खेलकुद विकास समिति परिसरमा भएको पत्रकार सम्मेलनमा आयोजक केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र युवा तथा खेलकुद समन्वय समितिले पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिएको हो । 
पत्रकार सम्मेलनमा प्रतियोगिताका कार्यक्रम संयोजक राजेश भेटवालले प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरी, आयोजक मकवानपुर टिम, नेपाल प्रहरी र ५ विकास क्षेत्रका १÷१ वटा टिम गरी ९ टिमको सहभागिता हुने जानकारी दिए । हेटौँडा–१९ बस्तिपुरमा हुने प्रतियोगिताको उद्घाटन पूर्व रक्षामन्त्री बालकृष्ण खाँडले गर्ने जनाईएको छ । प्रतियोगितामा पहिलो टिमले नगद २ लाख, दोस्रोले नगद १ लाख, तेस्रोले ४० हजार र चौथोले नगद २५ हजार रुपैँया प्राप्त गर्ने छन् । 
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैँया, उत्कृष्ट व्लकर, लिफ्टर, स्पाईकर, डिफेन्स र लिवेरोलाई जनही ५ हजार रुपैँया प्रदान गरिने आयोजकले जनाएको छ । खेल तालिका आज अबेरसम्म तयार हुने जनाईएको छ । प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिना, पूर्व अध्यक्ष बालकृष्ण चौलागाई लगायतको सहभागिता रहेको थियो ।

Sajha-1505303285.jpg

मकवानपुर टोलीलाई जर्सी सहयोग गर्दै साझा कुरा राष्ट्रिय दैनिकका कार्यकारी सम्पदाक सुवास विडारी ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार