२८ भदौ, हेटौँडा । हेटौँडामा भदौ ३० गतेदेखि हुन लागेको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारीबारे बुधबार आयोजकले जानकारी दिएको छ । जिल्ला खेलकुद विकास समिति परिसरमा भएको पत्रकार सम्मेलनमा आयोजक केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र युवा तथा खेलकुद समन्वय समितिले पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा प्रतियोगिताका कार्यक्रम संयोजक राजेश भेटवालले प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरी, आयोजक मकवानपुर टिम, नेपाल प्रहरी र ५ विकास क्षेत्रका १÷१ वटा टिम गरी ९ टिमको सहभागिता हुने जानकारी दिए । हेटौँडा–१९ बस्तिपुरमा हुने प्रतियोगिताको उद्घाटन पूर्व रक्षामन्त्री बालकृष्ण खाँडले गर्ने जनाईएको छ । प्रतियोगितामा पहिलो टिमले नगद २ लाख, दोस्रोले नगद १ लाख, तेस्रोले ४० हजार र चौथोले नगद २५ हजार रुपैँया प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैँया, उत्कृष्ट व्लकर, लिफ्टर, स्पाईकर, डिफेन्स र लिवेरोलाई जनही ५ हजार रुपैँया प्रदान गरिने आयोजकले जनाएको छ । खेल तालिका आज अबेरसम्म तयार हुने जनाईएको छ । प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिना, पूर्व अध्यक्ष बालकृष्ण चौलागाई लगायतको सहभागिता रहेको थियो ।
मकवानपुर टोलीलाई जर्सी सहयोग गर्दै साझा कुरा राष्ट्रिय दैनिकका कार्यकारी सम्पदाक सुवास विडारी ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)